Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

गभर्नर विश्वनाथ पौडेलको नियुक्तिविरुद्धको रिट दर्ता, सुनुवाइ भोली

गभर्नर विश्वनाथ पौडेलको नियुक्तिविरुद्धको रिट दर्ता, सुनुवाइ भोली
विज्ञापन
Advertisement

काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध परेको रिट सर्वोच्च अदालतमा आज दर्ता भएको छ । पौडेलको नियुक्ति बदरको माग गर्दै परेको उक्त रिटमा भोली (बुधबार) सुनुवाइ तोकिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले पौडेलको नियुक्ति कानुनसम्मत नरहेकोले भन्दै शुक्रबार सर्वोच्च अदालत प्रशासनमा खारेजीका लागि रिट निवेदन दिएका हुन् ।

उनीहरूले पौडेललाई गभर्नर नियुक्त गर्ने सिफारि र नियुक्ति दुवै गैरकानुनी रहेको दाबी गरेका छन् । रिटमा मुद्दाको टुंगो लाग्न समय लाग्ने भएकोले गभर्नर पौडेलले नयाँ नोटमा हस्ताक्षर गर्ने लगायतका गम्भीर राष्ट्रिय महत्वको विषयमा असर पर्नेगरी दूरगामी कार्य सम्पादन नगर्नु नगराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश माग गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit