Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

इमामी लिमिटेडले सञ्चालन गर्यो ७० दिने ’नवरत्न बीट मसाज’ अभियान

इमामी लिमिटेडले सञ्चालन गर्यो ७० दिने ’नवरत्न बीट मसाज’ अभियान
विज्ञापन
Advertisement

काठमाडौं । भारतको पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी इमामी लिमिटेडले ’नवरत्न बीट मसाज २०२५’ अभियान सञ्चालन गरेको छ ।आफ्नो उत्कृष्ट उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालभरी ७० दिने अभियान सञ्चालन गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

उक्त अभियान यही जेठ ११ देखि सुरु भएर साउन १७ सम्म नेपालको तराई क्षेत्रमा केन्द्रित रहने कम्पनीले जनाएको छ । यो ७० दिने अभियान पूर्वी तथा पश्चिमी नेपालका २४ जिल्लाहरूमा सञ्चालन हुनेछन् । अभियान अन्तर्गत ३०० भन्दा बढी ब्रान्डेड सैलुनहरू र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क २–मिनेटको नवरत्न हेड मसाज प्रदान गरिने कम्पनीले जनाएको छ।
अभियानमा खटिएका दुई टोलीले दैनिक १०० किलोमिटरभन्दा बढी यात्रा मार्फत अन्तर्क्रियात्मक स्टलहरू, सवारी साधनको ब्रान्डिङ, सार्वजनिक घोषणा र २–मिनेट च्यालेन्ज, कूल कूल पर्फमेन्स जस्ता विभिन्न गतिविधिमार्फत उपभोक्ताहरूलाई प्रत्यक्ष अनुभव प्रदान गर्नेछन्।

यस अभियानले प्रत्यक्ष संलग्नतामार्फत ६० हजार भन्दा बढी मानिससम्म पुग्ने अपेक्षा कम्पनीको छ । कम्पनीले १२ हजार भन्दा बढी वेट स्याम्पलिङ (मसाज) र ३० हजार बढी ड्राई स्याम्पलिङ (स्यासे वितरण) गर्ने जनाएको छ । नवरत्न तेलका ब्रान्ड म्यानेजर बिकास तिवारीले अभियानबारे भने,‘यो अभियानले ब्रान्डलाई हाम्रा प्रयोगकर्ताहरूसँग नजिक ल्याउँनेछ , जसले गर्दा उनीहरूले नवरत्न तेलले प्रदान गर्ने प्राकृतिक र प्रभावकारी शीतलतालाई साँच्चिकै महसुस गर्न सक्नेछन् । यो अभियानले नवरत्न तेललाई हरेक नेपाली घरपरिवारमा एक विश्वसनीय वेल्नेस सहयात्रीको रूपमा अझ स्थापित गर्नेछ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit