Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

यो देशमा अब भ्रष्टाचारको अन्त्य गर्ने सुरुवात हुन्छ : उपसभापति अर्याल

यो देशमा अब भ्रष्टाचारको अन्त्य गर्ने सुरुवात हुन्छ : उपसभापति अर्याल
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोल प्रसाद अर्यालले भारी मतले विजयी भएपछि आफ्नो प्रतिस्पर्धा कुनै दलसँग नभएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं क्षेत्र नम्बर ९ बाट फराकिलो मतान्तरको जित हासिल गरेसँगै आज निकालिएको विजय जुलुसमा सञ्चारकर्मीहरुसँग उनले आफ्नो प्रतिस्पर्धा कुनै दलसँग नभई देशमा रहेको कुशासन र भ्रष्टचारीहरुसँग भएको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘मेरो प्रतिस्पर्धा त्योसँग मात्रै हुन्छ, यो देशमा रहेको कुशासन र देशमा रहेका भ्रष्टचारीहरुसँग मेरो प्रतिस्पर्धा हुन्छ। मैले कहिल्यै पनि अन्य दलका साथिहरुसँग प्रतिस्पर्धाको रुपमा हेरेको छैन । कुनै दल र कुनै नेताको नाम लिनै परेन। हामीले रास्वपा र मलाई चिनाउन मतदातासँग मात्र प्रयास गर्यौं।’

त्यस्तै उनले देश अब समृद्धितर्फ अगाडि बढ्ने र भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम हुने दाबी गरे। नवनिर्वाचित सांसद अर्यालले भने, ‘मैले यस पटकको निर्वाचन फरक र देश बनाउने हो भन्ने गरेको थिएँ । त्यसलाई जनताले देशैभरीबाट प्रमाणित गर्ने तयारी गरिरहनु भएको छ। यो देश अब संमृद्धितर्फ अगाडि बढ्छ । यो देशमा अब सुशासन कायम हुन्छ, भ्रष्टाचारको अन्त्य गर्ने सुरुवात हुन्छ ।’
यस्तै, उनले रास्वपाको स्थापना पार्टीका नेतालाई मन्त्री प्रधानमन्त्री बनाउन नभएको उल्लेख गर्दै अब देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न सकेपछि मात्र आफ्नो वास्तविक जित हुने धारणा राखे । यस्तै, उनले राजनीतिक जीवनमा मतदातासँग आँखा जुधाएर बोल्न सक्ने गरी आफ्नो छबीलाई स्वच्छ बनाईराख्ने प्रतिबद्धता व्यक्त गरे ।

अर्यालले मतदातासँग बाचा गर्दै भने, ‘मैले छोटो समयमा थुप्रै अनुभवहरु प्राप्त गरेँ । यसमानेमा म भाग्यमानी राजनीतिक व्यक्ति पनि हो । यो तपाईंहरुको (मतदाता) माया, मेरो सहकर्मीहरुको विश्वास मेरो थोरै इमान्दारीता र थोरै क्षमताले गर्दा हो । म जुनदिनसम्म राजनीतिमा रहन्छु त्यस दिनसम्म तपाईंहरुसँग आँखामा आँखा जुधाएर कुरा गर्नेछु र काम गर्नेछु ।’

अर्यालले २९ हजार ६३३ मतान्तरले विजयी भएका हुन् । उनले ३५ हजार ९३ मत प्राप्त गरेका थिए । उनकाट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले ५ हजार ४६० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार अजय क्रान्ति शाक्यले ४ हजार ५८० मत प्राप्त गरेका थिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit