Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

टुरिजम प्रोजेक्ट शो केस कोशीको उपाधि एक्मी इन्जिनियरिङ कलेजलाई

टुरिजम प्रोजेक्ट शो केस कोशीको उपाधि एक्मी इन्जिनियरिङ कलेजलाई
विज्ञापन
Advertisement

काठमाडौं । कोसी प्रोजेक्ट शो केसको उपाधि एक्मी इन्जिनियरिङले जितेको छ । काठमाडौंमा सम्पन्न फाइनल चरणमा नौ वटा टीमलाई पछि पार्दै एक्मी इन्जिनियरिङ कलेजको एक्मी कोस्टरले उक्त उपाधि जितेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कोशी प्रदेशको पर्यटन प्रवर्द्धनसँगै प्रवर्द्धनात्मक योजनाहरुको खोजी गर्न एलिसन हस्पिटालिटीले आयोजना गरेको कोसी प्रोजेक्ट शो केसको फस्ट रनरअप पुल्चोक इन्जिनियरिङ कलेजको फुल्चोक इयर फाइभ हुँदा सेकेण्ड रनरअप नेपाल इन्जिनियरिङ कलेजको एग्रो वस्ती भएको छ । प्रतियोगिताको उपाधि हात पार्ने एक्मी कोस्टरले नगद एक लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने फस्ट रनरअपले ५० हजार तथा सेकेण्ड रनरअपले २५ हजार रुपैयाँ नगद, ट्रफी, प्रमाणपत्र सहित विभिन्न उपहार पाप्त गर्नेछन् ।

प्रतियोगिताका उत्कृष्ट १० टिमले अब उक्त प्रोजेक्टहरुलाई कोशी प्रदेशमा लगानीकर्ता, स्टेक होल्डर्स माझ पुनः प्रदर्शनी गरेपछि पुरस्कार प्रदान गरिनेछ । फाइनल चरणमा निर्णायकहरु इन्जिनियर मन्दाकिनी कार्की, बैंकर नवराज सत्याल, आर्किटेक्चर पुनम शाह, युवा व्यवसायी, शैक्षिक परामर्शदाता शिशिर सिंखडा तथा पयर्टन व्यवसायी चन्द्र रिजालले प्रतियोगीहरुको प्रोजेक्टको विस्तृत अध्ययन, अवलोकन र प्रस्तुति हेरेर विषयगत रुपमा नम्बर दिएका थिए ।

नेपालमै पहिलो पटक सिभिल इन्जिनियरिङ र आर्किटेक्चरका विद्यार्थीहरु सम्मिलित प्रतियोगिताले इन्जिनियरिङ र पर्यटनलाई एकापसमा जोडिदिएकोले नविनतम पर्यटकीय क्षेत्रको पहिचान गरेको र पहिचान भएका तथा ओझेलमा रहेका पर्यटकीय स्थलको प्रवद्र्धन गर्दै ग्रामिण पर्यटनलाई समेत उजागर गरिदिएको बताइएको छ । लगानीकर्ता, स्थानीय तहले प्रोजेक्ट कार्यान्वयन गर्ने तत्परता देखाए त्यसका लागि आवश्यक सहजीकरण समेत गरिने आयोजक एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरले जानकारी दिइन् । ३ दिनसम्म चलेको कोशी प्रोजेक्ट शो केसले नेपालको पर्यटन क्षेत्रमा युवापुस्ताहरुलाई आकर्षित गर्नुको साथै देशको अर्थतन्त्र सुधार्न, रोजगारी सृजना गर्न टेवा पुग्ने अध्यक्ष मगरको अपेक्षा छ ।

प्रतियोगिताको उत्कृष्ट १० मा बियोण्ड द ब्रिज टिम ख्वप इन्जिनियरिङ कलेज, कोशी एक्स्प्लोरर टिम पुल्चोक क्याम्पस, पाथ फाइण्डर टिम पुल्चोक क्याम्पस, केटुपिए टिम पुल्चोक क्याम्पस, विनर टिम पुल्चोक क्याम्पस, स्केच स्क्वायर्ड पुल्चोक क्याम्पस, रुलर रिड्ज विल्डर्स टिम नेपाल इन्जिनियरिङ कलेज छनोट भएका थिए । त्यस अघिको प्रारम्भिक छनौटमा २१ वटा टीमले प्रतिष्पर्धा गरेका थिए ।

फाइनल चरणमा छनोट भएका टिमले कन्सेप्ट पेपरमा तोकिएको स्थल डाँडा बजार, राजारानी, रौता पोखरी, सोलु, सङ्खुवासभा, पानीटार इलाम, सूर्योदय अन्तु इलाम, माई पोखरी, ओखलढुङ्गा लिखु, मुन्धुम सर्किटलगायत क्षेत्रको परियोजनाहरू तयार पारेकोमा सोको डमी प्रदर्शनीमा राखिएको थियो । कोशी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायतले कोसी प्रोजेक्ट सो केशलाई सहयोग गरेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit