Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

‘इतिहासमा आज सबैभन्दा धेरै नेपाली भूमिले युवाको साथ खोजिरहेको छ’

‘इतिहासमा आज सबैभन्दा धेरै नेपाली भूमिले युवाको साथ खोजिरहेको छ’
विज्ञापन
Advertisement

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रूपान्तरणका नायक बन्न सक्ने विश्वास व्यक्त गरेका छन् । उनले इतिहासकै सबैभन्दा धेरै युवाको साथ हाल नेपाली भूमिले खोजिरहेको बताए ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय युवा परिषद्ले आज ललितपुरमा आयोजना गरेको नमूना संयुक्त राष्ट्रसङ्घीय अभ्यास २०२५ को उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सिर्जना र साहसको स्रोत मानिने युवा वर्ग राज्यको आवश्यकता पहिचान गरी योगदान पुर्‍याउन तत्पर रहनुपर्नेमा जोड दिए ।

“वर्तमान अवस्थामा हिमालको काखमा अवस्थित हाम्रो सुन्दर भूमि आन्तरिक र बाह्य बसाइँसराइको अस्वभाविक प्रवृत्तिले रित्तिँदो अवस्थामा रहेको छ, इतिहासमा आज सबैभन्दा धेरै नेपाली भूमिले युवाको साथ खोजिरहेको छ, सुन्दर र शान्त यो भूमिले खोजेको साथलाई यहाँहरूले पक्कै छाडेर हिँड्नु हुने छैन भन्ने विश्वास रहेको छ”, उपप्रधानमन्त्री सिंहले भने ।

उनले युवाको सर्वाङ्गीण विकासको लागि अनुकूल वातावरण निर्माण गरी नीति निर्माणदेखि कार्यान्वयन तहसम्म संलग्न गराउने उद्देश्यले विसं २०७२ मा राष्ट्रिय युवा परिषद्को स्थापना भएको स्मरण गर्दै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने र गर्न सकिने कामहरूका लागि युवाहरूबाट सुझाव चाहेको धारणा राखे ।

उपप्रधानमन्त्री सिंहले विश्वमा बढ्दै गएका पर्यावरणीय तथा वातावरणीय समस्या, राजनीतिक ध्रुवीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध, आणविक हातहतियारको प्रयोगलगायतका सवालमा युवा वर्गलाई सचेत गराउनुका साथै समस्या समाधानका लागि युवाबीच छलफल, अन्तर्क्रिया र सामूहिक उत्तरदायित्वको साझा धारणा निर्माण हुने बताए । पछिल्लो जनगणनाअनुसार नेपालमा हाल १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत रहेको स्मरण गर्दै उनले यो हाम्रो लागि जनसाङ्ख्यिक लाभको समय भएको उल्लेख गरे ।

यस्तै। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले देशको सर्वाङ्गिण विकासका युवाहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै नीतिनिर्माणमा युवाहरूको अर्थपूर्ण सहभागिताका लागि युवा परिषद्ले विभिन्न किसिमका रचनात्मक कार्यक्रम गर्दै आएको जानकारी गराए । उनले यो अभ्यासबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेतृत्वदायी भूमिकामा अव्वल हुने विश्वास व्यक्त गर्दै हरेक क्षेत्रमा युवा वर्गको सहभागितालाई महत्त्व दिएको धारणा राखे ।

मन्त्री चौधरीले जोश र होसका साथ कानुन र दायित्वप्रति प्रतिबद्ध रहेर अगाडि बढ्न यो कार्यक्रमले महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा रहेको बताए । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का नेपाल प्रतिनिधि क्योको योकोसुकाले यस नमूना संयुक्त राष्ट्रसङ्घीय अभ्यास विश्व परिवेशको विविधता, समावेशीता, कुटनैतिक पक्ष र लोकतान्त्रिक पद्धतिलाई परिस्कृत बनाउन सहयोग पुर्‍याउने विस्वास व्यक्त गरे ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुको नेतृत्व विकास गर्दै अन्तर्राष्ट्रिय मञ्चहरुमा युवाहरूलाई दक्ष र सक्षम बनाउन, विश्वव्यापी मुद्दा, सांस्कृतिक समझदारी, दिगो विकास लक्ष्यलगायतका विषयवस्तुमा बहस गर्न यो कार्यक्रम आयोजना गरिएको बताए । उनले देशैभरबाट सहभागी भएका युवाहरूको नमूना संयुक्त राष्ट्रसङ्घीय अभ्यास चार दिनसम्म सञ्चालन हुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit