Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

कास्कीमा एक घण्टामा चार म्याग्निच्युड माथिका दुई भूकम्प

कास्कीमा एक घण्टामा चार म्याग्निच्युड माथिका दुई भूकम्प
विज्ञापन
Advertisement

काठमाडौं । कास्कीमा एक घण्टाभित्र दुईवटा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ११ः ५६ बजे कास्कीको फुलिबाङ आसपास ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रका अनुसार, दोस्रो भूकम्पको धक्का १२ः ५० बजे अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

यसअघि, मंगलबार जाजरकोटको रामीडाँडामा ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit