काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट दोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा दक्षिण अफ्रिकाका निक पोथस नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आज सामाजिक सञ्जालमार्फत पोथसलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो ।
५२ वर्षीय पोथस दक्षिण अफ्रिकाका पूर्वविकेटकिपर ब्याटर हुन् । यसअघि उनीसँग श्रीलङ्का, वेस्ट इन्डिज र बङ्गलादेशका राष्ट्रिय टोलीसँगको कार्यअनुभव छ ।
नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोली आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको तयारीमा छ । यही जेठ १९ देखि २९ गतेसम्म स्कटल्यान्डमा हुने उक्त शृङ्खलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । पोथसको सहयोगमा नेपाली टोलीले प्रदर्शनमा सुधारसहित उत्कृष्ट खेल्ने अपेक्षा गरिएको क्यानका जनाएको छ ।
क्यानले नेपाली टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलीयाका स्टुवर्ड ललाई यसअघि नै नियुक्त गरिसकेको छ ।















प्रतिक्रिया दिनुहोस्