Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पूर्वराजालाई नेपालको सुझाव : देशको चिन्ता लागेको हो भने प्रधानमन्त्री भएर आए हुन्छ

पूर्वराजालाई नेपालको सुझाव : देशको चिन्ता लागेको हो भने प्रधानमन्त्री भएर आए हुन्छ
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गणतन्त्रको विकल्प अरु हुन नसक्ने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

उनले गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गणतन्त्रको विकल्प अरु कुनै प्रणाली नभएर अझ उन्नतस्तरको लोकतान्त्रिक गणतन्त्र रहेको बताए ।
अध्यक्ष नेपालले भने, ‘गणतन्त्रको विकल्प सम्मुनत गणतन्त्र नै हो । गणतन्त्रको विकल्प राजतन्त्र होइन ।’

अध्यक्ष नेपालले राजतन्त्रको कुरा उठिरहेको भन्दै वंशजको शासन कसैले नचाहने बताए । उनले भने, ‘राजतन्त्रको बारेमा कुरा उठिरहेको छ । बाबु भएन भने छोरा, छोरा भएन भने नाति, कुन दिन जन्मिँदै गरेको पनातिलाई जिम्मा दिऊँ भन्ने कुरा आउला त्यो हुनाले वंशको शासन हामीलाई चाहिएको छैन ।’

यस्तै, उनले पुनः राजा बन्ने चाहना छोडेर चुनावमार्फत प्रधानमन्त्री बन्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिए। उनले देश चलाउने चाहना भए जनताद्वारा निर्वाचित भएर आउन शाहलाई चेतावनी दिएका हुन्। ‘यस्तो पञ्चेको शासन हामीलाई चाहिँदैन। मुलुक सञ्चालन गर्ने चिन्ता कसैलाई लागेको हो भने प्रधानमन्त्री भएर आए हुन्छ । चुनाव जितेर आए हुन्छ। जनताको मन जितेर आए हुन्छ।’

पूर्वराजाले ब्यवस्था परिवर्तनको आशा त्यागेर प्रतिष्पर्धाबाट जनताको मन र विश्वास जितेर चुनाव मार्फत अघि बढ्ने आँट गर्नुपर्ने भनाइ नेपालको छ । यस्तै, उनले सरकार जनताका समस्याप्रति जिम्मेवार नभएको टिप्पणी गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit