Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

४५ सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा, १५ घाटामा

४५ सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा, १५  घाटामा
आर्थिक सर्वेक्षण पेस काठमाडौँ, १५ जेठः उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा चालु आर्थिक वर्ष २०८१÷८२ को आर्थिक सर्वेक्षण पेस गर्नुहुँदै । तस्बिरः नवीन पौडेल÷रासस
विज्ञापन
Advertisement

काठमाडाैं ।  सरकारी स्वामित्वमा संचालित सार्वजनिक संस्थानको अबस्थामा कमजोर रहेको पाइएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रतिनिधि सभा बैठकमा चालु आर्थिक वर्षको ‘आर्थिक सर्वेक्षण’ प्रस्तुत गर्दै सार्वजनिक संस्थानहरुको अबस्थामा प्रस्तुत गर्दै यस्तो बताएका हुन् । हाल संचालनमा रहेका ४५ वटा संस्थानमध्ये २८वटा नाफामा १५ संस्थानमा घाटामा रहेको दुईवटा संस्थान बन्द भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

विज्ञापन
Advertisement
Advertisement

हाल नेपालमा ४५ वटा सार्वजनिक संस्था सञ्चालनमा रहेका छन्, जसमा २० वटा पूर्ण सरकारी स्वामित्वमा र २५ वटा सरकारको बहुमत स्वामित्वमा रहेका छन्। अर्थमन्त्री पौडेलका अनुसार आर्थिक वर्ष २०८०-८१ मा सार्वजनिक संस्थानहरूको कुल सम्पत्ति २ दशमलव २० प्रतिशतले वृद्धि भई २९ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा कुल लगानी ५ दशमलव ८६ प्रतिशतले बढेर ७ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। कुल शेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड रुपैयाँ रहेको छ।

तर सञ्चालन आम्दानीमा भने खासै सुधार देखिएको छैन। उक्त आर्थिक वर्षमा संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.२३ प्रतिशतले मात्र कम हो। कुल गार्हस्थ उत्पादनमा यसको आयात अनुपात ११.५७ प्रतिशत रहेको उल्लेख गरिएको छ।

समीक्षा अवधिमा २८ वटा संस्थान नाफामा, १५ वटा घाटामा र २ वटा बन्द अवस्थामा रहेका छन्। यद्यपि, संस्थानहरूको खुद नाफा १२.८८ प्रतिशतले घटेर ४२ अर्ब ६२ करोडमा सीमित भएको छ। घाटामा रहेका संस्थानहरूको कुल नोक्सानी ३ अर्ब ६३ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.६५ प्रतिशतले वृद्धि हो। नाफामा रहेका संस्थानहरूको खुद नाफा पनि ११.५० प्रतिशतले घटेको छ।

लाभांशतर्फ पनि अवस्था उत्साहजनक देखिएको छैन। आर्थिक वर्ष २०७९र८० मा नेपाल सरकारले सार्वजनिक संस्थानहरूबाट १३ अर्ब ७५ करोड रुपैयाँ लाभांश प्राप्त गरेको थियो भने २०८०-८१ मा सो घटेर ८ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ। यस आधारमा कुल शेयर लगानीको तुलनामा लाभांश अनुपात २.४ प्रतिशत मात्र रहेको देखिन्छ। अर्थमन्त्री पौडेलले सार्वजनिक संस्थानहरूले मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको दाबी गरे पनि हालको तथ्यांकले सुधारको खाँचो औंल्याएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit