Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद

सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद
विज्ञापन
Advertisement

वीरगञ्ज ।सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्र्याइएका रु १३ लाख ८० हजार मूल्य पर्ने सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले शुक्रबार विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याइएका सो सामान नियन्त्रणमा लिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

पर्साका सशस्त्र प्रहरीका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले वीरगञ्ज महानगर–१६ स्थित नगवा गाउँस्थित डम्पिङ साइटबाट भारतबाट अवैध रूपमा भन्सार छली गरेर चारवटा साइकलमा लोड गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको रु आठ लाख ३६ हजार ९५० मूल्य बराबरको मोबाइल पाट्र्स, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुजलगायत सामान नियन्त्रणमा लिएको जानकारी दिए । भन्सार छली भएका सामानलाई आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले शुक्रबार ड्राइपोर्टबाट खटिएको टोलीले वीरगञ्ज महानगर–२५ चण्डालचोकबाट अवैध रूपमा भन्सार छली गरेर प्रदेश२–०३ ००१ स ४२६४ नम्बरको इ–रिक्सामा लोड गरी ल्याउँदै गरेको रु दुई लाख ७० हजार मूल्य पर्ने मोटर पाट्र्स बरामद गरेको छ । त्यस्तै गरी रु दुई लाख मूल्य पर्ने इ–रिक्सा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको जनाएको छ ।

त्यसैगरी भगुवा तथा नगवा इलाकाबाट रु ७३ हजार ८०० मूल्य पर्ने कपडा र किराना सामानसमेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit