Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
विज्ञापन
Advertisement

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण हिमालको प्रथम आरोहण गर्ने टोलीका सदस्यको सालिक स्थापना भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूर्ण आधार शिविरमा निर्मित सालिकको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले अनावरण गरे । अन्नपूर्ण गाउँपालिकाले प्रथम आरोहण टोलीको अगुवा फ्रान्सका मौरिज हर्जोग, लुई लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना गरेको हो ।

उक्त स्थानमा हालसम्म अन्नपूूर्ण हिमाल आरोहण गरेका ५३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुल्ला सङ्ग्रहालय पनि स्थापना भएको छ । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण हीरक महोत्सव मनाइएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit