Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कजारियाको नयाँ शोरूम भैंसेपाटीमा विस्तार

कजारियाको नयाँ शोरूम भैंसेपाटीमा विस्तार
विज्ञापन
Advertisement

काठमाडौं । भारतको नम्बर १ टायल कम्पनी, कजारियाले ललितपुरको भैंसेपाटीमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। क्लासिक मार्बल प्रा.लि.द्वारा सञ्चालित हुने शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार शोरुमको उद्घाटन ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दामोदर खड्काले रिबन काटेर गरे । सो अवसरमा कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भुषण तिवारीको उपस्थिति थियो ।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दामोदर खड्काले नयाँ शोरूम विस्तार महत्वपूर्ण कदम भएको बताए । उनले भने, “भैंसेपाटीमा कजारियाको यस नयाँ शोरूमको उद्घाटन क्षेत्रीय विकासतर्फको एक महत्वपूर्ण कदम हो। यस रणनीतिक विस्तारले स्थानीय व्यापारिक अवसरहरू बढाउनुका साथै हाम्रा आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई अब उत्कृष्ट गुणस्तरका विश्वस्तरीय टायलहरू आफ्नै शहरमा सहज रूपमा उपलब्ध गराउनेछ।”

भैंसेपाटीमा रहेको यो नयाँ शोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गरी ग्राहकवर्गलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्नेछ । यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै गएको कम्पनीले जनाएको छ।

प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको विस्तार कजारियाको लागि महत्वपूर्ण उपलब्धि भएको कम्पनीको बुझाई छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit