काठमाडौं । एमएडब्लु वृद्धि कमर्सियल भेइकलले जेभियर इन्टरनेशनल स्कूललाई १३ वटा नयाँ फोटोन माउन्टेन ईलेक्ट्रिक स्कूल भ्यान हस्तान्तरण गरेको छ । एमएडब्लु वृद्धि र जेभियर स्कूलका प्रतिनिधिहरूको उपस्थितिमा उक्त भ्यानको साँचो एमएडब्लु वृद्धिका सीईओ तुषार गुप्ता र सेल्स हेड नवीन आचार्यले विद्यालयलाई हस्तान्तरण गरेका हुन्।
फोटोन माउन्टेन इभी एक आधुनिक, प्रदूषणमुक्त भ्यान हो, जुन भरपर्दो प्रदर्शन, सहजता र ऊर्जा दक्षताको लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । उक्त भ्यानमा ५३.५८ किलोवाटको सीएटीएल ब्याट्री र १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जसले ३३० एनएम सम्मको टर्क दिन्छ र चुनौतिपूर्ण बाटाहरूमा सहजता प्रदान गर्छ।
यसले उकालो चढ्नका लागि २५ प्रतिशत ग्रेडियाबिलिटी क्षमतासहित पहाडी तथा सहरी बाटोहरूमा सहजता साथ सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ ।
एमएडब्लु वृद्धि, नेपालमा फोटोन मोटर्सको आधिकारिक आयातकर्ता कम्पनी हो। यो कदमले विद्यालयको दिगो विकासप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको कम्पनीले जनाएको छ ।
ईलेक्ट्रिक मोबिलिटीलाई आत्मसात गरेर, जेभियरले आफ्नो लजिस्टिक्स पूर्वाधारमा सुधार गरी अन्य साझेदारहरूको लागि पनि उत्कृष्ट मोडेल स्थापित गर्न लागेको बताइएको छ ।
हस्तान्तरण कार्यक्रममा तुषार गुप्ताले विद्यालयलाई नयाँ सोच कार्यान्वयन गरेकोमा धन्यवाद दिँदै भने,“हामी जेभियर इन्टरनेशनल स्कूलसँगको यस सहकार्यमा गर्व गर्छौं। यी इभी स्कूल भ्यानहरूले आधुनिक यातायातका आवश्यकताहरू पूर्ति गर्नुका साथै वातावरणको पनि ख्याल गर्छन्।”
त्यसैगरी नवीन आचार्यले फोटोन माउन्टेन इभीले सुरक्षा, दिगोपन, स्पेस र दक्षता सबै संयोजन गरेको उल्लेख गर्दै सहकार्यले विद्यार्थी, अभिभावक र सम्पूर्ण समुदायलाई नै फाइदा
पुर्याउने आशा व्यक्त गरे ।
जेभियर इन्टरनेशनल स्कूलका प्रतिनिधिले उक्त कदमसँगै जेभियर इन्टरनेशनल स्कूल नेपालमै ठूलो संख्यामा इभी प्रयोग गर्ने पहिलो शैक्षिक संस्था बनेको प्रतिक्रिया दिएका छन् ।

















प्रतिक्रिया दिनुहोस्