Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

संसद्को अवरोध चाँडै हट्ने छः प्रवक्ता गुरुङ

संसद्को अवरोध चाँडै हट्ने छः प्रवक्ता गुरुङ
विज्ञापन
Advertisement

विराटनगर । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाको अवरोध चाँडै हट्ने विश्वास व्यक्त गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चालु अधिवेशनबाटै निजामती कर्मचारी ऐन र शिक्षा ऐन जारी हुने जानकारी दिए । कर्मचारीको गल्तीमा विभागीयमन्त्रीले राजीनामा दिनुपर्ने विषय तर्कसङ्गत नभएको भन्दै उनले प्रतिपक्षी दलले प्रतिशोध लिने हिसाबले संसद्मा अवरोध गरिरहेका बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको विषयमा टिप्पणी गर्नु अनुचित हुने भन्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले अख्तियारको दुरुपयोग गर्नेलाई आयोगले छानबिन गर्नु स्वभाविक भएको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit