Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

इनड्राइभले काठमाडौंमा खोल्यो आधिकारिक कार्यालय, स्थानीय चालक समुदायसँग बलियो साझेदारी निर्माणको लक्ष्य

इनड्राइभले काठमाडौंमा खोल्यो आधिकारिक कार्यालय, स्थानीय चालक समुदायसँग बलियो साझेदारी निर्माणको लक्ष्य
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको अग्रणी राइड(हेलिङ एप ‘इनड्राइभ’ले राजधानी काठमाडौंमा आफ्नो आधिकारिक कार्यालयको उद्घाटन गरेको छ। शुक्रबार आयोजित एक विशेष कार्यक्रममार्फत कम्पनीले काठमाडौंमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको हो।

विज्ञापन
Advertisement
Advertisement

इनड्राइभ नेपालकी निर्देशक रीता पोखरेलका अनुसार नयाँ कार्यालयले विशेष गरी स्थानीय चालक समुदायलाई सशक्त बनाउन र प्रयोगकर्तालाई अझ सहज तथा भरपर्दो सेवा दिन विभिन्न सेवाहरूको केन्द्रको रूपमा काम गर्नेछ।

‘नेपाल इनड्राइभको लागि एक प्रमुख बजार हो। यो नयाँ कार्यालय स्थानीय चालक समुदायसँग निर्माण भइरहेको बलियो साझेदारीको प्रतिबिम्ब हो,’ पोखरेलले भनिन्, ‘स्थानीयको समर्थनमा लगानी गरेर र चालकहरूको आवाज सुनेर हामीले साँच्चै मानिसहरूको आवश्यकता सम्बोधन गर्ने प्लेटफर्म निर्माण गरेका छौं। यो कार्यालय हामीलाई शक्ति दिने चालकहरूप्रति हाम्रो गहिरो प्रतिबद्धताको प्रतीक हो। काठमाडौंमा हाम्रो उपस्थिति स्थापना गर्न पाउँदा हामी गर्व गर्छौं।’

उनले थप जानकारी दिँदै भनिन् कि नयाँ कार्यालयबाट नियमित प्रशिक्षण सत्रहरु सञ्चालन गरिनेछन्, जसले चालकहरुलाई व्यावसायिक रूपमा वृद्धि गर्न र उच्च स्तरको सेवा प्रदान गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्नेछ। साथै, यदि चालकहरुले कुनै समस्या भोगेमा वा इनड्राइभ टोलीसँग प्रत्यक्ष संवाद गर्न चाहेमा उनीहरु कार्यालयमै पुग्न सक्नेछन्।

‘यो कार्यालय बलियो सम्बन्ध र पारस्परिक विश्वास निर्माणतर्फको महत्त्वपूर्ण कदम हो, पोखरेलले भनिन्। इनड्राइभको नयाँ कार्यालय उद्घाटनसँगै कम्पनीले नेपालमा आफ्नो दीर्घकालीन प्रतिबद्धता र स्थानीय चालक समुदायप्रतिको समर्पण पुनः पुष्टि गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit