Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

अस्ट्रेलिया बलियो वैश्विक व्यापारिक सम्बन्ध बिस्तार गर्न इच्छुक

अस्ट्रेलिया बलियो वैश्विक व्यापारिक सम्बन्ध बिस्तार गर्न इच्छुक
विज्ञापन
Advertisement

काठमाडौं । अस्ट्रेलियाका व्यापारमन्त्री डन फारेलले राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अन्यायपूर्ण’ करको निन्दा गर्दै अमेरिकामाथिको निर्भरता कम गर्न अस्ट्रेलियाले अन्य देशसँग स्वतन्त्र व्यापार सम्झौता विस्तार गर्न दबाब दिने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अमेरिकाको नजिकको सहयोगी अस्ट्रेलियाबाट अमेरिकामा निर्यात हुने सामानहरूमा १० प्रतिशत, स्टिल र आल्मुनियममा ५० प्रतिशत सम्म कर लगाइएको छ।

“म आशावादी छु, विश्वका ती देशहरू जसले स्वतन्त्र र निष्पक्ष व्यापारमा विश्वास गर्छन्, उनीहरू विश्वभरि स्वतन्त्र व्यापार सम्झौताहरू विस्तार गर्न सम्झौतामा पुग्न सक्दछन्, ताकि अमेरिकीहरूले जे सुकै गर्न चाहे पनि हामीसँग व्यापारिक साझेदारहरूको अधिक विविधता छ,” फारेलले स्काई न्यूजसँग भनेका छन् ।

गत हप्ता पेरिसमा विश्व व्यापार सङ्गठन, आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसिडी) र अन्य देशहरूसँगको वार्तापछि उनले अस्ट्रेलिया ‘संरक्षणवाद’ रोक्न र स्वतन्त्र र निष्पक्ष व्यापारलाई प्रोत्साहित गर्न केन्द्रित रहेको बताएका थिए ।

फेरेलले भने, “अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाबीचको व्यापार वार्षिक अनुमानित १०० अर्ब अष्ट्रेलियाली डलर (झण्डै ६५ अर्ब अमेरिकी डलर) बराबरको छ । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकालाई बेचेको सामानभन्दा बढी किनेको छ ।”

उनले गत साता आफ्ना अमेरिकी समकक्षी जेमिसन ग्रीरसँग अस्ट्रेलियाबाट हुने निर्यातका सामानमा लगाइएको शुल्कको विरोध गरेको जानकारी दिए ।

“मैले जेमिसन ग्रीरलाई राखेको अडान के हो भने अमेरिकाले अस्ट्रेलियामाथि लगाएको कर अनुचित छ,” फेरेलले भने । “हामी ती मध्ये केही मात्र होइन सबै करहरू हटाउन चाहन्छौं,” उनले भने ।

युरोपेली सङ्घ (ईयू) ले गत महिना युक्रेन युद्ध र अन्य विश्वव्यापी सङ्कटका लागि संयुक्त अन्तर्राष्ट्रिय प्रतिक्रिया सिर्जना गर्न अस्ट्रेलियासँग रक्षा साझेदारीको प्रयास गरिरहेको बताएको थियो ।एजेन्सि

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit