Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

इरानले भन्यो– प्रारम्भिक एमओयू पूर्ण कार्यान्वयन नगरे अमेरिकासँग तत्काल वार्ता हुँदैन

इरानले भन्यो– प्रारम्भिक एमओयू पूर्ण कार्यान्वयन नगरे अमेरिकासँग तत्काल वार्ता हुँदैन
विज्ञापन
Advertisement

काठमाडौं । इरानले संयुक्त राज्य अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरमा प्रत्यक्ष वार्ता नहुने स्पष्ट पारेको छ। तेहरानले नयाँ राजनीतिक वार्ता सुरु गर्नुको सट्टा हाल कायम रहेको समझदारी (एमओयू) को प्राविधिक कार्यान्वयनलाई प्राथमिकता दिने जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईलाई उद्धृत गर्दै तस्निम समाचार एजेन्सीले जनाएअनुसार, इरानले सम्झौताको कार्यान्वयनको अनुगमन गर्न यसै साता विशेषज्ञ प्रतिनिधिमण्डल कतारको दोहा पठाउने तयारी गरेको छ।

बाघाईका अनुसार अमेरिकाले सम्झौताअनुसार इरानी तेल बिक्री सहज बनाउन आवश्यक अनुमति जारी गरिसकेको छ। अब इरानले विशेषगरी सम्झौताको अनुच्छेद–११ अन्तर्गत आफ्ना वित्तीय सम्पत्तिको व्यवस्थापन र नियन्त्रणसँग सम्बन्धित प्रावधानको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गर्नेछ।

उनले कतारमा हुने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण इरानी टोलीको कार्यभारसँग पूर्ण रूपमा असम्बन्धित रहेको स्पष्ट पार्दै यसलाई नयाँ कूटनीतिक वार्तासँग जोडेर गरिएको अनुमानको खण्डन गरे।अन्तिम सम्झौताका लागि औपचारिक वार्ता कहिले सुरु हुन्छ ? भन्ने प्रश्नमा बाघाईले त्यस प्रक्रिया अझै प्रारम्भ नभएको बताए। उनका अनुसार धारा १, ४, ५, १० र ११ को सफल तथा दिगो कार्यान्वयनपछि मात्र अन्तिम सम्झौताका लागि औपचारिक वार्ता अघि बढ्नेछ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कतारको दोहामा मंगलबार इरानसँग उच्चस्तरीय कूटनीतिक वार्ता हुने बताएका थिए। सोही क्रममा अमेरिकी विशेष दूत स्टिभ विटकोफ दोहा पुगेको दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।

यता, इरानका राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले आफ्नो दायित्व पूरा गरे इरान पनि सम्झौताप्रति पूर्ण प्रतिबद्ध रहने बताएका छन्।

सोमबार सामाजिक सञ्जाल एक्समार्फत उनले आपसी समझदारी दुई पक्षीय विश्वास र प्रतिबद्धतामा आधारित रहेको उल्लेख गर्दै अमेरिकी पक्षले सम्झौताको पालना गरे इरानले पनि आफ्ना सबै प्रतिबद्धता कार्यान्वयन गर्ने बताएका छन्। रासस/एएनआई

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit