Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन
विज्ञापन
Advertisement

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व सङ्कलनको लक्ष्य थियो ।

विज्ञापन
Advertisement
Advertisement

भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व सङ्कलनमा क्रमशः सुधार भएको छ । चालु आव बाँकी चार महिनामा राजस्व सङ्कलनमा थप सुधार हुने उहाँको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व सङ्कलन अधिक हुने गरेको छ ।

वीरगञ्ज भन्सारले चालु आवको साउनमा रु १२ अर्ब १५ करोड भदौमा रु १३ अर्ब ४२ करोड,असोजमा रु १३ अर्ब ४७ करोड कात्तिकमा रु ११ अर्ब १० करोड र मङ्सिरमा भने रु १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो । यसैगरी, पुसमा चालु आवको सबैभन्दा धेरै अर्थात् रु १५ अर्ब ४७ करोड र माघमा रु १४ अर्ब ४४ करोड र फागुनमा रु १४ अर्ब ६३ करोड राजस्व असुली भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit