काठमाडौं । नर्भिक अस्पतालले ७० वर्षीया महिलालाई हृदयाघातबाट बचाउन सफल भएको छ । जनकपुरकी ती महिलालाई छाती दुख्ने,चक्कर आउने समस्या भएपछि जनकपुरस्थित जानकी हेल्थकेयरको आईसीयुमा पुर्याइएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि नर्भिकबाट गएको टोलीले हेलिकप्टरमार्फत काठमाडौं ल्याएर थप उपचार गरेको हो । अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. रीजु वैद्यको नेतृत्वमा प्यारामेडिक्सहरु अरविन्दकुमार शाह र दिनेश राईसहितको टोली जनकपुर पुगी हृदयघात भएको महिलाको आइतबार साँझ काठमाडौं ल्याएर उपचार गरिएको हो ।
टोली जनकपुर पुग्दा महिलामा हार्ट पूरै ब्लक भएको र मुटुको चाल २५ भन्दा कम भएको अस्पतालले जनाएको छ । बिरामीलाई अस्पतालमा ल्याइपुर्याइँदा इमर्जेन्सी तथा कार्डियोलोजी विभागको टिम तयारी अवस्थामा राखिएको थियो ।
डा.नमिता अधिकारी तथा डा. रोशन शर्मासहितको टोलीले महिलालाई इन्ट्युबेसन गरेर भेन्टिलेटरमा राखेका थिए । प्रा. डा. यादव भट्ट नेतृत्वको टोली, डा.प्रदीप तिवारी र डा.रोमन कार्कीसहितको टीमले आवश्यक थप उपचार गरेका थिए । बिरामीलाई भेन्टिलेटरबाट सोमबार निकालिएको छ भने स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।



कर्पोरेट समाचार 























प्रतिक्रिया दिनुहोस्