Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

जनकपुरमा हृदयघात भएको बिरामीको हेलिकप्टमार्फत नर्भिक ल्याएर उपचार, अवस्था सुधारोन्मुख

जनकपुरमा हृदयघात भएको बिरामीको हेलिकप्टमार्फत नर्भिक ल्याएर उपचार, अवस्था सुधारोन्मुख
विज्ञापन
Advertisement

काठमाडौं । नर्भिक अस्पतालले ७० वर्षीया महिलालाई हृदयाघातबाट बचाउन सफल भएको छ । जनकपुरकी ती महिलालाई छाती दुख्ने,चक्कर आउने समस्या भएपछि जनकपुरस्थित जानकी हेल्थकेयरको आईसीयुमा पुर्‍याइएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

त्यहाँ उपचार सम्भव नभएपछि नर्भिकबाट गएको टोलीले हेलिकप्टरमार्फत काठमाडौं ल्याएर थप उपचार गरेको हो । अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. रीजु वैद्यको नेतृत्वमा प्यारामेडिक्सहरु अरविन्दकुमार शाह र दिनेश राईसहितको टोली जनकपुर पुगी हृदयघात भएको महिलाको आइतबार साँझ काठमाडौं ल्याएर उपचार गरिएको हो ।

टोली जनकपुर पुग्दा महिलामा हार्ट पूरै ब्लक भएको र मुटुको चाल २५ भन्दा कम भएको अस्पतालले जनाएको छ । बिरामीलाई अस्पतालमा ल्याइपुर्‍याइँदा इमर्जेन्सी तथा कार्डियोलोजी विभागको टिम तयारी अवस्थामा राखिएको थियो ।

डा.नमिता अधिकारी तथा डा. रोशन शर्मासहितको टोलीले महिलालाई इन्ट्युबेसन गरेर भेन्टिलेटरमा राखेका थिए । प्रा. डा. यादव भट्ट नेतृत्वको टोली, डा.प्रदीप तिवारी र डा.रोमन कार्कीसहितको टीमले आवश्यक थप उपचार गरेका थिए । बिरामीलाई भेन्टिलेटरबाट सोमबार निकालिएको छ भने स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit