Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

हिम स्टार उर्जाको आईपीओ बिक्री आजदेखि, आयोजना प्रभावितले ८६ हजार कित्ताका लागि आवेदन दिन पाउने

हिम स्टार उर्जाको आईपीओ बिक्री आजदेखि, आयोजना प्रभावितले ८६ हजार कित्ताका लागि आवेदन दिन पाउने
विज्ञापन
Advertisement

काठमाडौं । हिम स्टार उर्जा कम्पनीले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता सेयर बिक्री खुला गर्न लागेको हो ।

सो मध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८६ हजार ५०० कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु लिखुपिके गाउँपालिका–२ का स्थानीय बासिन्दाका लागि आवेदन खुलाइएको कम्पनीले जनाएको छ।
स्थानीय बासिन्दाले सिटिजन्स बैंकको लिखुपिके शाखा, खिजिदेम्बा गाउँपालिका वडा नं– ८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं– २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको सेयरको १० प्रतिशतले हुन आउने ९३ लाख २५ हजार रुपैयाँको ९३ हजार २५० कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी कामका लागि विदेशमा रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा असार १३ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूलाई छुट्याएको सेयर सबै बिक्री नभएमा आवेदन दिने समय असार २९ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

नआईसी एसिया क्यापिटल कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहने संकेत गर्दछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit