Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

लस एन्जेलसमा कर्फ्यू ‘केही दिन’ जारी रहने छ : मेयर

लस एन्जेलसमा कर्फ्यू ‘केही दिन’ जारी रहने छ : मेयर
विज्ञापन
Advertisement

एजेन्सि । लस एन्जेलसमा आइतबार राति लगाइएको कर्फ्यू अझै ‘केही दिन’ जारी रहने मेयर करेन बासले बताएका छन् ।  लस एन्जेलसमा नवौँ दिनको प्रदर्शन जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सैन्य समर्थित दमनकारी कारबाही सुरु गर्न बाध्य बनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

डेमोक्रेट नेतृत्वको क्यालिफोर्नियाको भारी ल्याटिनो जनसङ्ख्या भएको सहरमा कागजातविहीन आप्रवासीहरूलाई पक्रन ट्रम्प प्रशासनले सुरु गरेको आप्रवासन छापाको विरोधमा प्रदर्शनकारीहरूले जुन ६ देखि विरोध प्रदर्शन सुरु गरेका थिए ।

र्‍यालीहरू शान्तिपूर्ण र डाउनटाउन लस एन्जलसको सानो क्षेत्रमा सीमित भएता पनि छिटपुट हिंसाका घटना भैरहेको छ । र्‍यालीलाई रिपब्लिकन ट्रम्पले चार हजार नेसनल गार्ड र सात सय मरिन पठाउने बहानाको रूपमा प्रयोग गरेका छन् ।

बासले तोडफोड र लुटपाटका घटनाहरू रोक्नका लागि विरोध प्रदर्शनको मुटुमा रहेको डाउनटाउन क्षेत्रमा जुन १० मा रातभर कर्फ्यू जारी गरेका थिए ।आइतबार उनले हिंसात्मक घटनाहरूका पछाडि रहेका व्यक्तिहरूको सङ्ख्या ‘कम हुनेछ’ भन्ने आशा गरिरहेको बताए ।

“त्यसैले मलाई थाहा छ कर्फ्यू कम्तीमा केही दिनसम्म चल्नेछ”, स्थानीय समाचार च्यानल केटिएलएसँगको टेलिभिजन अन्तर्वार्तामा अझ कति दिन लाग्ने भनेर भविष्यवाणी गर्न नसक्ने उल्लेख गर्दै उनले भने, “हामीलाई थाहा छैन कति छापाहरू हुनेछन्, हामीलाई थाहा छैन छापाहरूको प्रकृति के हुनेछ र हरेक पटक त्यस्तो हुँदा यसले सहरमा धेरै रिस उत्पन्न गर्छ ।”

प्रदर्शनबाट अप्रभावित देखिएका ट्रम्पले आइतबार सङ्घीय अधिकारीहरूलाई लस एन्जेलस सहित उनीहरूको निर्वासन प्रयासहरू बढाउन निर्देशन दिएका छन् ।बासले लस एन्जलसमा अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई) एजेन्सीले छापा मारेको आक्रोश र डरको उल्लेख गरे । उनका अनुसार त्यहाँ त्रासको अवस्था सिर्जना भएको छ ।

“मानिसहरू आफ्नो घर छोड्न डराउँछन् । छापाहरूले कहिलेकाहीँ ‘अन्धाधुन्ध’ लाग्छन्”, उनले भने, “यो संयुक्त राज्य अमेरिका हो । यदि तपाईँ सार्वजनिक रूपमा बाहिर जानुहुन्छ भने तपाईँले आफ्ना कागजातहरू देखाउनु पर्दैन । यो लक्षित छ भनेर विश्वास गर्न मलाई गार्‍हो छ ।” ट्रम्पले सामाजिक सञ्जालमा आइसिई एजेन्टहरूलाई ‘हिंसा, उत्पीडन र धम्कीहरू’ को सिकार भएको बताए ।

शनिबार ठूला र्‍याली र मार्चपछि आइतबार लस एन्जेलस प्रायः शान्त थियो । देशभरका ट्रम्प विरोधी ‘नो किङ्ग्स’ शृङ्खलाका प्रदर्शनहरूको हिस्सास्वरूप हजारौँ मानिसले छापाहरू र सैन्य दमनको निन्दा गरेका थिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit