images images images
images images images
images
images
images

सामान्य अंकले घट्यो नेप्से, ९ अर्बको कारोबार

images

काठमाडाैं । नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बुधबार नेप्से सूचक १.०७ अंकले घटेर २ हजार ६५३.६८ अंकले घटेको हो । यो दिन ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता शेयर किनबेचहुँदा ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा सानिमा माई हाइड्रो पावर,सिंगटी हाइड्रो पावर, बुटबल पावर कम्पनी र न्यादी ग्रुप पावर कम्पनीको ३७ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।

यो दिन पियोर इनर्जी, जोशी हाइड्रो पावर, युनियन हाइड्रो लिमिटेड, सिंगटी हाइड्रो इनर्जी, पञ्चकन्या माई हाइड्रो पावर कम्पनीको ८.०५ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेर सकारात्मक सर्किट लागेको छ । घटेको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३ प्रतिशतदेखि १० प्रतिशतसम्मले घटेर नकारात्मक सर्किट लागेको छ ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्