काठमाडौं । एभरेस्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोला जलविद्युत आयोजना निर्माणका लागि १ अर्ब ३६ करोड रुपैयाँको वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ ।
मनाङ जिल्लाको नासोङ गाउँपालिकामा रहेको चिनो खोलाबाट ७.८३ मेगावाटको जलविद्युत निर्माणका लागि वित्तीय सहमती जुटेको हो । सहमतिपत्रमा एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ र चिनो हाइड्रोपावरका अध्यक्ष विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित यो परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि चिनियाँ ठेकेदारलाई ईपीसी मोडेलमा ठेक्का दिइएको बताइएको छ ।
उत्पादित विद्युत मनाङ जिल्लाको धारापानीस्थित सबस्टेसनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ । यस परियोजनाबाट वार्षिक ४४.६३ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता वैशाख २०८२ मा सम्पन्न भइसकेको छ ।















प्रतिक्रिया दिनुहोस्