Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

सामान्य अंकले घटेको बजारमा, घट्यो कारोबार

सामान्य अंकले घटेको बजारमा, घट्यो कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको मंगलबार दिन नेप्से परिसूचक ०.२२ अंकले बढेर २ हजार ६ सय विन्दुमा आइपुगेको छ । नेप्से सूचक सामान्य अंकले बढ्दा कारोबार भने झनै घटेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१६ कम्पनीको १ करोड ३८ लाख कित्ता शेयर किनबेचहुँदा ५ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन बुटवल पावर कम्पनी, राधि विद्युत कम्पनी, हिमालयन पावर पार्टनर,एनआरएन इन्फाष्ट्राचर र न्यादी ग्रुप पावर कम्पनीको २१ करोड ४५ लाख रुपैयाँदेखि २७ करोड ६५ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

ओम मेघाश्री फर्मास्युटिल्स,हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रो कर्पोरेसन,पियोर इनर्जी, पाँचथर पावर कम्पनीको शेयर मूल्य ४.८३ प्रतिशतदेखि ८.०१ प्रतिशतसम्मले बढेको छ ।
यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये ८ वटा समूहको सूचक सामान्य अंकले घटेको छ । बैंकिङ समूह, लगानीगत समूह,उत्पादनमूलक समूह, माइक्रोफाइनान्स,म्यूचुअल फण्ड, निर्जीवन बीमा, अन्य समूह, ट्रेडिङको समूह सामान्य अंकले घटेको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit