Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम २ अर्ब ८३ करोडमा खुम्चियो

लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम २ अर्ब ८३ करोडमा खुम्चियो
विज्ञापन
Advertisement

काठमाडौं । धितोपत्र बजारमा गिरावटको क्रम चौथो दिन पनि जारी रहँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.५० अङ्कले घटेर २ हजार ६५१.५२ विन्दुमा झरेको छ।

विज्ञापन
Advertisement
Advertisement

यो स्तर फागुन १३ यताकै न्यून रहेको छ। पछिल्लो एक महिनाको अवधिमा मात्रै नेप्से करिब १३५ अंकले घटेको छ। जेठ ११ गते २७८६ अंकमा रहेको नेप्से हाल २६५१ विन्दुमा झरेको हो।

नेप्सेका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.६४ अङ्कले घटेर ४५८.२३ विन्दुमा सीमित भएको छ। आज कुल ३३८ कम्पनीका ६४ लाख ८० हजार ५९९ कित्ता शेयर दुई अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ रुपैयाँ बराबरमा खरिद–बिक्री भएका छन्। अघिल्लो दिन ४ अर्ब ४१ करोडको शेयर कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा सोपान फर्मास्युटिकल्स अग्रस्थानमा रहेको छ। त्यसपछि रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबिआई बैंक सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।

आजको कारोबारमा टक्सार पिलुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक लाभ कमाएका छन्। यी दुई कम्पनीको शेयर कारोबारमा लगातार सकारात्मक सर्किट लाग्दै आएको छ। हालै सूचीकृत भएका टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। मूल्यवृद्धिपछि दुवै कम्पनीको प्रतिकित्ता मूल्य ५२४ रुपैयाँ ६० पैसा पुगेको छ।

यस्तै कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक तथा रिलायन्स स्पिनिङ मिल्सका शेयरधनीले पनि आज राम्रो प्रतिफल प्राप्त गरेका छन्।

उता भुजुङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। सिवाइसी नेपाल लघुवित्त, भगवती हाइड्रोपावर, सानिमा डिबेञ्चर तथा थ्री स्टार हाइड्रोपावरका शेयरधनी पनि घाटामा परेका छन्। भुजुङ हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ११.०३ प्रतिशतले घटेर ८३९ रुपैयाँमा झरेको छ। सीवाईसी नेपाल लघुवित्तको मूल्य ८.९७ प्रतिशत, भगवती हाइड्रोपावरको ५.८४ प्रतिशत तथा थ्रीस्टार हाइड्रोपावरको ५.५७ प्रतिशतले घटेको हो।

बिहीबार, समूहगत परिसूचकतर्फ उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहमा गिरावट देखिएको छ। उत्पादन तथा प्रशोधन समूह ०.१४ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.९६ प्रतिशतले घटेको छ। यस्तै बैंकिङ ०.१९, विकास बैंक ०.१५, फाइनान्स ०.३६, होटल तथा पर्यटन ०.५३, जलविद्युत् ०.४१, लगानी ०.६, जीवन बीमा ०.२२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.४० र अन्य समूह ०.४७ प्रतिशतले घटेका छन्।

बजारमा अधिकांश कम्पनीको मूल्य घटेसँगै यो साता नेप्से परिसूचक लगातार ओरालो लागिरहेको छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit