Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कालीमाटीमा कति अहिले मुख्य सिजनकाे आँपकाे मूल्य ?

कालीमाटीमा कति अहिले मुख्य सिजनकाे आँपकाे मूल्य ?
विज्ञापन
Advertisement

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (१२ असार) का लागि तरकारी, फलफूल तथा अन्य कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ। बजारको स्थायित्व तथा पारदर्शिताका लागि दैनिक रूपमा निर्धारण गरिने यी मूल्यहरू उपभोक्ता तथा व्यापारी दुवैका लागि मार्गनिर्देशक मानिन्छन्।

विज्ञापन
Advertisement
Advertisement

समितिका अनुसार आज गोलभेंडा (ठूलो नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो रु ७० रहेको छ भने सानो गोलभेंडा (लोकल) रु ३५ र टनेल उत्पादन रु ४८ निर्धारण गरिएको छ। आलुमा पनि विभिन्न श्रेणीअनुसार भिन्न मूल्य रहेको छ – रातो आलु (भारतीय) रु ४०, मुडे आलु रु ३९, र सेतो आलु रु ३५ मा विक्री भइरहेको छ।

तरकारी वर्गमा प्याज (भारतीय) रु ५०, गाजर (लोकल) रु ७०, काउली रु ८०, भन्टा (डल्लो) रु ४०, बोडी रु ५०, र भिण्डी रु ४५ मा विक्री भइरहेको छ। घिउ सिमी (लोकल) रु ६० र घिरौला रु ५५ मा उपलब्ध छन्।

सागसब्जीमा रायो, पालुङ्गो, तोरी, मेथी लगायतका सागको मूल्य रु ४० देखि रु ८० सम्म तोकिएको छ। हरियो प्याज रु १००, कन्य च्याउ रु २००, डल्ले च्याउ रु ३७०, र कुरिलो रु ३०० मा तोकिएको छ।

फलफूलतर्फ, स्याउ (फुजी) रु ३३०, केरा (दर्जन) रु १५०, अनार रु ३३०, आँप (दशहरी) रु ९०, अङ्गुर (हरियो) रु २५०, लिची (लोकल) रु २७०, र नास्पाती (चाइनिज) रु २६० मा उपलब्ध छन्। काँक्रो (लोकल) रु ८० र हाइब्रिड काँक्रो रु २० मा निर्धारण गरिएको छ।

मसला तथा अन्य वस्तुहरूमा अदुवा रु ११०, हरियो धनियाँ रु ८०, लसुन (चाइनिज) रु २०० र नेपाली लसुन रु १७० मा विक्री भइरहेको छ। हरियो अकबरे खुर्सानी रु ३५०, भेडे खुर्सानी रु ११०, र खुर्सानी सुकेको रु ४२० मा उपलब्ध छन्।

माछाको थोक मूल्य पनि निर्धारण गरिएको छ — रहू माछा रु ३३०, बचुवा रु ३२०, र छडी रु २४० प्रतिकिलो निर्धारण गरिएको छ। साथै, राजा च्याउ रु ३०० र सिताके च्याउ रु ९०० मा तोकिएको छ।

कालीमाटी बजार विकास समितिका अनुसार यि मूल्यहरू अधिकतम थोक मूल्य हुन् र बजारको अवस्था, गुणस्तर तथा आपूर्ति अनुसार मूल्यमा केही फरक पर्न सक्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit