Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

खरानी भएका २४ वटा गाडीको नाममा इन्धन दुरुपयोग गर्नेलाई कारबाही गर्न मन्त्री मेहताको निर्देशन

खरानी भएका २४ वटा गाडीको नाममा इन्धन दुरुपयोग गर्नेलाई कारबाही गर्न मन्त्री मेहताको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं। स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुले जेनजी आन्दोलनका क्रममा जलेका २४ वटा सवारी साधनको नाममा इन्धन सुविधा लिइरहेको पाइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

स्वास्थ्य मन्त्री निशा मेहताले आन्दोलनका क्रममा मन्त्रालयका १८ र मातहत निकायका ६ गरी कुल २४ वटा पूर्ण रूपमा नष्ट भएका गाडीको नाममा भइरहेको इन्धन दुरुपयोग रोक्न आज निर्देशन दिएकी हुन् ।

पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन सुविधा लिइरहेको खुलेपछि मन्त्री मेहताले प्रशासन सचिव डिल्लीराम शर्मालाई थप अनुसन्धान गरी संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

यसले जेनजी सरकारको मन्त्रालयमा आन्तरिक लेखा परीक्षणको प्रभावकारितामाथि गम्भीर प्रश्न मात्र उठाएको छैन सरकारी संयन्त्रभित्रको भ्रष्टाचार कतिसम्म निर्लज्ज र जरा गाडेर बसेको छ भन्ने प्रस्ट्याइदिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit