Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी
विज्ञापन
Advertisement

टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर गरेका बिक्रीले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार, मे महिनामा कुल आठ लाख ९८ हजार ७२१ सवारीसाधन बिक्री भएको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६।९ प्रतिशतले वृद्धि भएको हो । यो संख्या मे महिनाकै अहिलेसम्मको सबैभन्दा उच्च बिक्री हो ।

विज्ञापन
Advertisement
Advertisement

यस्तो वृद्धि अमेरिका, चीन र जापानमा हाइब्रिड गाडीप्रतिको बढ्दो मागका कारण भएको जनाइएको छ । विशेषगरी, संयुक्त राज्य अमेरिकामा बिक्री १०.९ प्रतिशतले वृद्धि दुई ४० हजार १७६ युनिट पुगेको छ भने चीनमा ६.८ प्रतिशतले बढेर एक लाख ४९ हजार ८८७ युनिट पुगेको छ ।
त्यस्तै, जापानमा पनि बिक्री ४।४ प्रतिशतले वृद्धि भई एक लाख छ हजार ५८६ युनिट पुगेको छ, जसमा गत वर्ष देखिएको प्रमाणीकरणसम्बन्धी समस्याबाट आएको सुधारले सकारात्मक भूमिका खेलेको विश्वास गरिएको छ ।

यद्यपि बिक्रीमा उल्लेखनीय वृद्धि भएको भए पनि, कम्पनीले उत्पादन पक्षमा भने सानो गिरावट आएको जानकारी दिएको छ । २०२५ मे महिनामा टोयोटाको विश्वव्यापी उत्पादन ०.७ प्रतिशतले घटेर आठ लाख छ हजार ६७७ युनिटमा झरेको छ, जुन पछिल्ला पाँच महिनामा पहिलो गिरावट हो।

जापानमा काम गर्ने दिन घटेका कारण यस्तो असर परेको बताइएको छ । त्यसैगरी, अमेरिकामा उत्पादन १.८ प्रतिशतले घटेर एक लाख २० हजार ५३९ युनिटमा पुगेको छ भने जापानमै घरेलु उत्पादन ५.४ प्रतिशतले घटेर दुई ४१ हजार ५७० युनिटमा पुगेको छ । कम्पनीले भविष्यमा उत्पादन र बिक्री दुवैमा स्थायित्व र सुधार ल्याउने प्रयास जारी रहने स्पष्ट पारेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit