Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

भैसेपाटीमा स्वरोजगार योजनाअन्तर्गत राइडरहरूलाई निशुल्क EV स्कुटर वितरण, हरित यातायाततर्फ ठूलाे पाइला

भैसेपाटीमा स्वरोजगार योजनाअन्तर्गत राइडरहरूलाई निशुल्क EV स्कुटर वितरण, हरित यातायाततर्फ ठूलाे पाइला
विज्ञापन
Advertisement

ललितपुर।  नेपालमै पहिलो पटक सुरु गरिएको ऐतिहासिक स्वरोजगार योजनाअन्तर्गत ललितपुरको भैसेपाटीमा राइडरहरूलाई विद्युतीय स्कुटर (EV) वितरण गरिएको छ। ‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा अघि बढाइएको योजनाको पहिलो चरण अन्तर्गत यो वितरण कार्यक्रम सम्पन्न भएको हो।

विज्ञापन
Advertisement
Advertisement

उद्घाटन समारोहमा अवकाश प्राप्त मेजर जेनेरल सुरेश कुमार कार्की, अवकाश प्राप्त एआइजी जनक भट्टराई, इ-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्के र Yango नेपालका प्रमुख सन्तोष पाण्डेले संयुक्त रूपमा रिबन काटेर औपचारिक शुभारम्भ गर्नुभयो।

कार्यक्रमको विशेष आकर्षणको रूपमा, आज स्कुटर लिएका राइडरहरूलाई एक दिने विशेष ‘फ्री अफर’ प्रदान गरिएको छ। उनीहरूले कुनै लागत बिना EV स्कुटर प्रयोग गर्दै काम सुरु गर्ने अवसर पाए, जसले आत्मविश्वास र उत्साहमा उल्लेखनीय वृद्धि गरेको देखिएको छ।

सुरुवातमै खर्च बिना रोजगारी

इ-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले योजनाबारे जानकारी दिँदै भन्नुभयो, “आज हामीले इच्छुक र योग्य राइडरहरूलाई पहिलो चरणमा EV स्कुटर वितरण गरिसकेका छौं। सुरुवाती फ्री अफरले उनीहरूलाई सहजै स्वरोजगार सुरु गर्न मद्दत पुर्‍याउनेछ।”

ई-ड्राइभ नेपालका प्रमुख कार्यकारी अधिकृत सबिन भट्टराईका अनुसार, राइडरहरूले आजबाटै स्कुटर चलाएर आम्दानी सुरु गर्न सक्नेछन्। ‘फ्री अफरले उनीहरूमा थप ऊर्जा र आत्मविश्वास जागेको छ,’ उनले भने ।

‘तपाईको बजार’ का सञ्चालक सुशील सङ्रौलाले यो कार्यक्रम नेपाली युवाको भविष्यमा गरिएको लगानी भएको बताए। ‘EV वितरणको यो क्षण हाम्रो लागि गौरवको हो। यो केवल स्कुटरको वितरण होइन, नेपाली युवाको आत्मनिर्भर यात्राको सुरुवात हो,’ उनले भने।

राइडरको अनुभव: मर्मत खर्च घट्यो, आम्दानी बढ्यो

EV स्कुटर प्राप्त गरेका राइडर दीपक थापाले आफ्नो अनुभव सुनाउँदै भने, ‘मैले पहिले सेकेन्डह्याण्ड स्कुटर चलाउँथे, मर्मत खर्च धेरै हुन्थ्यो। अब नयाँ स्कुटर पाएको छु। आम्दानी बढेको छ, आत्मविश्वास पनि।’

हरित यातायात र आत्मनिर्भरताको अभियान

आयोजक संस्थाहरूका अनुसार, यो योजना केवल रोजगार सिर्जनामा सीमित छैन। यसको उद्देश्य विदेशी इन्धनको आयात घटाउने, नेपालमै उत्पादित विद्युतको उपयोग बढाउने, र स्वदेशी प्रविधिको प्रवर्द्धन मार्फत हरित यातायात प्रणालीको विकास गर्नु हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit