Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

नाडाले मनायो स्वर्ण जयन्ती, पूर्व अध्यक्ष सम्मानित

नाडाले मनायो स्वर्ण जयन्ती, पूर्व अध्यक्ष सम्मानित
विज्ञापन
Advertisement

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा शनिबार काठमाडौंमा स्वर्ण उत्सव समारोह सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित समारोहको अध्यक्षता नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए। २०३२ सालमा स्वर्गीय तोलाराम दुगडले स्थापना गरेको नाडाले स्वर्ण जयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरेको छ।

स्वर्ण उत्सवलाई विशेष बनाउन दशरथ रंगशालादेखि होटल याक एन्ड यतिसम्म ‘वाकाथन’ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विशिष्ट व्यक्तित्व, नाडाका पदाधिकारी, पूर्व अध्यक्ष, सदस्य कम्पनीका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

उत्सवका अवसरमा नाडाले संस्थाको नेतृत्व सम्हालिसकेका पूर्व अध्यक्षहरूलाई सम्मान समेत गरेको छ। स्वर्ण उत्सव अन्तर्गत असार १३ देखि १९ गतेसम्म काठमाडौंसहित सातै प्रदेशमा विभिन्न कार्यक्रम सञ्चालन गरिने नाडाले जनाएको छ।

नाडाले हालसम्म २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ भने २१ जना अध्यक्षले संस्थाको नेतृत्व गरिसकेका छन्। संस्थाले वार्षिक प्रकाशनका रूपमा ३६औँ संस्करणको नाडा अटोमोवाइल ट्रेड डाइरेक्ट्री, ५१औँ संस्करणको नाडा अटो न्यूज तथा १८औँ संस्करणको नाडा अटो ड्राइभ क्यालेन्डर प्रकाशित गरिसकेको जनाएको छ। साथै, आगामी भदौमा १८औँ संस्करणको नाडा अटो शो आयोजना गर्ने तयारी रहेको छ।

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत उत्कृष्ट वस्तुगत संघको पुरस्कारबाट पटक–पटक सम्मानित भइसकेको नाडाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

समारोहको संयोजन नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव मिलनबाबु मल्लले गरेका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit