images images images
images images images
images
images
images

तीनकुने क्षेत्रमा सेना परिचालन, उग्र बनेका राजावादी समर्थकले कहाँ कहाँ गरे आगजनी र तोडफोड ?

images

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि सरकारले सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।

उपत्यका प्रवेश गर्ने नाला र साँगा नाकामा सवारीसाधनलाई रोक लगाएइको छ भने तीनकुने एरियाका पाँच स्थानमा राती १० बजेसम्मलाई कर्फ्यु लागेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेकी एसपी बसुन्धरा खड्काका अनुसार अहिले दुई नाकाबाट काठमाडौं प्रवेश गर्ने सवारीसाधनलाई उतै रोकिएको छ।

images
images

कहाँ कहाँ भयो आगजनी र तोडफोड ?

शुक्रबार दिउँसो प्रदर्शनकारी प्रहरीमाथि जाइलागेपछि तीनकुनेमा राजावादी समर्थकको प्रदर्शन बिथोलिन पुग्यो। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दै प्रहरीमाथि ढुंगा हानेपछि सुरु भएको तनाव नियन्त्रण बाहिर गयो । त्यसपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर भीडलाई बिथोल्यो । प्रहरीले केही राउण्ड हवाइ फायरिङ पनि गरेको छ ।

त्यसपछि तितरवितर बनेका प्रदर्शनकारी झुण्ड झुण्डमा बाँडिएर उग्र रुपमा आगजनी र तोडफोड गरेका हुन् ।

उद्दण्ड बनेको राजावादी समर्थकको एक समुहले तीनकुने चोकमा एक व्यक्तिको घरमा आगजनी र ढुंगामुढा प्रहार गरे । केही प्रदर्शनकारीले सुरक्षाकर्मीको हतियार समेत खोसेका छन्। कोटेश्वरको पेरिसडाँडा तर्फ लागेका अर्को समुहले ओवादी पार्टीको हेडक्वार्टर पेरिसडाँडामा तोडफोड प्रयास गर्न खोजे पनि त्यसलाई प्रहरीले असफल पार्यो । तर उक्त समुहले गणेशचोकमा एउटा गाडीमा आगजनी गर्न भ्याए । यस्तै, एउटा मोटरसाइकल समेत जलाइदिएका छन् । काठमाडौंको आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले समाजवादी पार्टी कार्यालय तोडफोड गरी आगो लागाइदिएका छन् ।

यसैगरी, तीनकुनेस्थित अन्नपूर्ण पोष्ट र कान्तिपुर टिभी रहेको भवनमा  पनि प्रर्दशनकारीले आगो लगाउने प्रयास गरे ।

राजावादीहरुले कोटेश्वरको भाटभटेनीमा तोडफोड गर्नुका साथै लुटपाट मच्चाएका छन् । उनिहरुले बिक्रीका लागि राखिएका तरकारी, सपिङ ट्रली लगायतका सामान बाहिर निकालेर आगो लगाएका थिए । यस्तै पार्किङमा राखिएको ७ वटा गाडीमा तोडफोड गरेका छन् । कतिपयले भाटभटेनीको सामान बोकेर हिँडेको फुटेजमा देखिएको छ । यस्तै, उनिहरुले तीनकुने चोककै अन्य तीन ओटा घरमा ढुंगामुडा हुँदा क्षति पुगेको छ । उनहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्र पनि आगजानी गरेका छन् । संवेदनशील ठाउँमा आगजानी हुँदा पार्किङमा रहेको विमान र आयल निगमको डिपो जोखिममा परेको छ । यस्तै, आगो निभाउन गएको दमकललाई समेत प्रदर्शनकारीले रोकेका थिए ।

अराजक रुपमा प्रस्तुत भएका उक्त समुहले भौतिक संरचना देखि सवारीसाधनसम्ममा गरेको तोडफोड, निजी सम्पतिमा गरेको आगजनी र लुटपाटबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रदर्शनका क्रममा  घाइते हुनेको  संख्या

प्रदर्शनका क्रममा २५ जना घाइते भएका छन् । उनिहरुको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था खतरामुक्त रहेको अस्पतालका प्रबन्धक नारायण ढकालले जानकारी दिए । गम्भीर घाइते निराजन बम पलाँताका र अर्का एकजना हातमा गोली लागेको छ । दुबै जनाको केएमसीमा इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ । ढकालका अनुसार घाइते २५ मध्ये केही सुरक्षाकर्मी समेत रहेका छन् ।

काठमाडौंमा साढे ६ घण्डाको कर्फ्यु 

राजावादीको प्रदर्शनले उग्र रूप लिँदै गएपछि काठमाडौंको पाँच क्षेत्रमा कर्फ्यू लागेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले साढे चार बजेदेखि शुक्रबार राती
१० बजेसम्मका लागि कर्फ्यु लगाएको हो । गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँ बानेश्वर चोकदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यू लगाइएको हो । यस क्षेत्रभित्र आवतजावत गर्न र कुनै पनि प्रकारको भेला, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ ।

सरकारले साँझ तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ । कर्फ्यु लगाएको क्षेत्रमा नेपाली सेनाको ट्यांकसहित सेना परिचालन गरिएको हो ।

 

 

images
images

प्रतिक्रिया दिनुहोस्