Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

शिक्षकको शान्तिपूर्ण आन्दोलन जारी

विज्ञापन
Advertisement

काठमाडौं । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ । आज शिक्षकहरु बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै शिक्षकहरु यही चैत २० गतेदेखि आन्दोलित छन् । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले गुणस्तरीय विद्यालय शिक्षाका लागि विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने बताए।

महाङ्सघले आज विज्ञप्ति जारी गरी यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम(गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा संलग्न नहुन सबै शिक्षकहरुलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्केपछि शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा सरकारमाथि विश्वास गरेर शिक्षकहरु शान्तिपूर्ण प्रदर्शनमा आएका थिए । ‘सरकारले आवाज सुन्छ भन्ने उनलाई विश्वास छ, हामी कुराकानी पनि गर्छौं, सरकारले उहाँहरुका कुरा सुन्छ, उहाँहरु न सरकार विरोधी न हामी उहाँहरु विरोधी हो’, प्रधानमन्त्री ओलीले भन्नुभन्नुभएको थियो, ‘सबै हामी एउटै हो, के–कति गर्न सकिन्छ, के–कस्तो गर्नुपर्ने हो भन्ने कुरा परस्परमा बसेर सरसल्लाह र छलफल गरेर टुङ्ग्याउनुपर्छ, सरकारले कुनै पनि नकारात्मक राख्दैन, किन राख्नुपरेको छ ? समस्या टुङ्ग्याएर फर्किनुहुन्छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit