Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

सेनासँग वार्ता हुनु अघि संसद् विघटन हुनु पर्ने छ : बालेन

सेनासँग वार्ता हुनु अघि संसद् विघटन हुनु पर्ने छ : बालेन
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन साहले देशमा भइरहेको आन्दोलनलाई शान्तिपूर्ण बनाउन संयम अपनाउन आग्रह गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

उनले आन्दोलनरत युवालाई उद्दृत गर्दै भनेका छन्, “यो नितान्त युवाको आन्दोलन हो । तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोस । देशको जनधनको क्षति भनेको हाम्रो सम्पत्तिको क्षति हो ।”

उनले युवापुस्ताले अब देशको नेतृत्व गर्ने समय आएको पनि बताए । “अब तपाईंहरूको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ, त्यसका लागि तयार रहनुहोस्,” बालेनले भने ।

उनले सेना प्रमुखसँग वार्ताका लागि पनि तयारी गर्न सुझाव दिए तर वार्ताको पूर्वशर्त संसद् विघटन हुनु पर्ने स्पष्ट पारे । “वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ,” उनले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit