Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जनआवाजलाई वेवास्ता होइन सुनुवाइ गर्न राज्य संयन्त्र संवेदनशील बन्नुपर्छ : प्रधानमन्त्री कार्की

जनआवाजलाई वेवास्ता होइन सुनुवाइ गर्न राज्य संयन्त्र संवेदनशील बन्नुपर्छ : प्रधानमन्त्री कार्की
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जनताका बदलिएका आवश्यकता र आकांक्षाप्रति राज्य संयन्त्र संवेदनशील हुनुपर्ने बताएकी छिन्। संविधान दिवसका अवसरमा टुँडिखेलमा आज आयोजित कार्यक्रममा उनले समयअनुसार जनताका मागप्रति राज्य गम्भीर र संवेदनशील नभएकै कारण युवापुस्ताले आन्दोलन गर्नुपरेको तर्क गरिन् ।

विज्ञापन
Advertisement
Advertisement

जनभावनाको सुनुवाइ नै लोकतन्त्रको आत्मा भएको उल्लेख गर्दै राज्य संयन्त्रले कमीकमजोरीप्रति आत्मालोचना सहित सुधारको बाटोमा लाग्नुपर्ने उनको मनाइ छ ।
‘जनआवाजलाई बेवास्ता गर्न वा अस्वीकार गर्न सकिन्न, सुनुवाइ गर्नुपर्छ। जनआवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा हो’, उनले भनिन्, ‘यसका लागि आवश्यक पर्ने संस्थागत पुनर्संरचना र कानूनमा परिमार्जन गरी सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यलाई चुस्त, प्रभावकारी र जनमुखी बनाउन आवश्यक छ।’

पछिल्लो आन्दोलनले राज्यका धेरै पक्षको सुधारको माग गरेको भन्दै उनले सबै पक्षका भावना समेटिने गरी काम गर्ने प्रतिबद्धता जनाइन्। उनले भनिन, ‘सूचना प्रविधिमा भएको विकास, अन्तराष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्रि शासन प्रणाली खुला सरकारको बारेमा जानकार रहेका युवा पुस्ताले उठाएको रोजगारीको अवसर गुणस्तरिय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरु हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा हुन् । यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध छ ।’

उनले आफू पदको लोभका कारण नआएको भन्दै युवाहरूको मागबमोजिम निर्वाचन गराउने कार्यभार पूरा गर्न आएको बताइन्। ‘म कुनै शासकीय आकाङ्क्षा बोकेर, कुनै पदको लालचा लिएर प्रधानमन्त्री भएको होइन । देश सङ्कटमा रहेको बेला परिवर्तनकामी युवापुस्ताको अनुरोधसमेतका आधारमा चुप लागेर बस्न नसकी सङ्क्रमणको व्यवस्थापन गर्दै नेपालको संविधानबमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचनमार्फत् जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी म वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हुँ।’

संविधानमा परिवर्तन भन्दा पनि त्यसको भावना र मर्मअनुरूप काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit