images images images
images images images
images
images
images

अघिल्लो वर्षको मुनाफाबाट वाणिज्य बैंकसहित यी कम्पनीले दिए लगानीकर्तालाई बोनस र नगद लाभांश, कुनको कति ?

images

काठमाडाैं । यो आर्थिक वर्षमा वाणिज्य बैंकका तीन वटा बैंकले लाभांंश प्रस्ताव गरेका छन् । जसमा सबैभन्दा पहिला माछापुच्छ्रे बैंकले लाभांश प्रस्ताव गरेर पनि बुक क्लोज भइसकेको छ । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो, जसमा ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश आफ्ना शेयर धनिहरुलाई दिएको हो ।

त्यस्तै, एभरेष्ट बैंकले अघिल्लो वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर दिएको छ भने १४ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।आइतबार सानिमा बैंकलेपनि लाभांश प्रस्ताव गरेको छ । बैंकले अघिल्लो वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई ७ प्रतिशत नगद लाभांश मात्र दिएको हो ।

images
images

त्यस्तै विकास बैंक तर्फ दुईवटा बैंकले मात्र अघिल्लो वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश बाँडेका छन् । अहिलेसम्म आफ्ना शेयर धनिहरुलाई लाभांश बाड्ने विकास बैंकमा मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् । मुक्तिनाथले १३ प्रतिशत बोनस र ४.६७ प्रतिशत नगदगरी १८.२ प्रतिशत लााभांश दिएको छ भने कामना सेवा बैंकले १० प्रतिशत बोनस र ५.७८ प्रतिशत नगदगरी १५.७८ प्रतिशत लाभांश दिएको हो ।

फाइनानसका कुनै पनि कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट लाभांश वितवरण गरेका छैनन् । त्यस्तै होटल तथा पर्यटनसमूहले पनि अघिल्लो वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छैनन् । पर्यटन समूहले कुनै पनि अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई हालसम्म कुनै प्रस्ताव गरेको छैन ।
त्यस्तै जलविद्युत समूहहरुमा अरुण भ्याली हाइड्रो पावर कम्पनीले ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै, युनिर्भर्सल पावर कम्पनीले ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यस्तै मिडसोलु हाइड्रो पावर कम्पनीको १५ प्रतिशत बोनस शेयर, ०७८ नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै हिल्टन हाइड्रो इनर्जी बोनस नभई नगद बोनस ५.२६ प्रतिशत मात्र दिएको छ । सिक्लेस हाइड्रो पावर कम्पनीको १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

लगानीगत समूह अन्तर्गत दुईवटा कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन् । नेपाल इन्फाष्ट्रचर बैंक (निफ्रा)र हाथवे इन्भेष्टमेन्ट नेपाल । निफ्राले ६.३२१ प्रतिशत नगद लाभांश मात्र प्रस्ताव गरेको छ भने हाथवे इन्भेष्टमेन्ट कम्पनीले १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
त्यस्तै नेपाल ल्युव आयलको २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगदगरी अघिल्लो वर्षको मुनाफाबाट लगानीकर्तालाई नाफा बाड्न सफल भएको हो ।

 

images
images

प्रतिक्रिया दिनुहोस्