Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न ७० अर्ब निक्षेप खिच्दै केन्द्रीय बैंक

वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न ७० अर्ब निक्षेप खिच्दै केन्द्रीय बैंक
विज्ञापन
Advertisement

काठमाडौं । वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (आईतबार) ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैछ । बजारमा देखिएको सुस्त आर्थिक गतिविधिका कारण कर्जा माग नभइरहेको अवस्थामा बैंकहरूमा तरलता बढी रहँदा राष्ट्र बैंकले आज ७० अर्ब रुपैयाँ निक्षेप प्रशोचन गर्न लागेको हो । बिहीबार मात्रै केन्द्रीय बैंकले एकैदिन ९० अर्ब रुपैयाँ तरलता खिचेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

निक्षेप संकलन उपकरण बोलकबोलमार्फत केन्द्रीय बैंकले एक साताको लागि आइतबार ७० अर्ब रुपैयाँ तरलता झिक्न लागेको हो । पछिल्लो २ आर्थिक वर्षमा लगातार अधिक तरलता देखिएपछि केन्द्रीय बैंकले साताको दुई दिन तरलता प्रशोचन गरिहेको छ। आइतबार र बुधबार निरन्तर रुपमा तरलता खिच्दै आएको केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरण बोलकबोलका साथै स्थायी निक्षेप सुविधामार्फत उक्त रकम बराबरको तरलता प्रशोचन गर्ने जनाएको छ।

राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा समेत उपलब्ध गराउँदै आएको । बैंकले आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्नका लागि घटिमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल रकम आह्वान गर्न भनेको छ ।

आज बोलकबोल हुने सो रकमको सावाँ तथा ब्याज भुक्तानी आगामी असोज १२ गते दिने राष्ट्र बैंकले जनाएको छ । यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बैंक तथा वित्तीय संथाले बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

यसैगरी, निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा पहिलो प्राथमिकतामा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit