Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

क्षतिग्रस्त भवनबाट उद्योग विभागको सेवा सुरु, क्षतिको विवरण संकलन गरिँदै

क्षतिग्रस्त भवनबाट उद्योग विभागको सेवा सुरु, क्षतिको विवरण संकलन गरिँदै
विज्ञापन
Advertisement

काठमाडौं। भाद्र २३ र २४ गते जेनजी आन्दोलनका क्रममा उपत्यकासहित देशका विभिन्न स्थानमा गरिएको आगजनी, तोडफोड र लुटपाटबाट भौतिक संरचनाहरुमा ठूलो आर्थिक क्षति पुग्यो । निजी क्षेत्रले ८० अर्बको क्षति पुगेको आकलन गरेको छ भने सार्वजनिक सम्पत्तिमा भएको क्षतिको विवरण अझै आकलन हुन सकेको छैन ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंमा विभिन्न सरकारी तथा निजी निकायका संरचना ध्वस्त पारिएका छन् । आन्दोलनकारीले सडकमा उग्र प्रदर्शन गर्दै सार्वजनिक संरचना/ सरकारी भवनसँगै सवारीसाधन र कार्यालयका उपकरणमा व्यापक तोडफोड भए। यस क्रममा उद्योग विभागको भवनसमेत तोडफोडमा परेको छ ।

आन्दोलनका क्रममा केही व्यक्तिहरूले विभागको कार्यालयमा प्रवेश गरी यातायातका साधन, कम्प्युटर, फर्निचरलगायत भौतिक संरचनामा क्षति पु¥याएका थिए । उद्योग विभाग कार्यालयका निर्देशक पशुपति पुरीका अनुसार आन्दोलनपछि कार्यालयमा ठूलो मात्रामा क्षति भएपनि सेवामा भने पूर्णरुपमा अवरोध हुन दिइएको छैन् ।

उनले आन्दोलनको दुई दिनपछि विभागले आफ्नो सेवा सुचारु गरिसकेको जानकारी दिए । ‘बाहिरबाट हेर्दा क्षति धेरै भएको देखिन्छ, तर हाम्रो प्राथमिकता नागरिकलाई सेवा दिनु हो,’उनले भने,‘त्यसैले भौतिक क्षति भए पनि काम रोकिएको छैन ।’ पुरीका अनुसार अहिले विभागले क्षतिको विवरण संकलन गरी मूल्यांकनको चरणमा ल्याएको छ ।

आन्दोलनकारीले भवन बाहिर मात्र नभई कार्यालयभित्र प्रवेश गरेर कम्प्युटर र महत्वपूर्ण फाइलसमेत तोडफोड गरेको विभागले जनाएको छ । ‘भौतिक संरचना पुनर्निर्माण तत्काल सम्भव छैन,’ पुरीले भने,‘तर सेवामा अवरोध हुन दिने छैनौं । पुनर्निर्माणको सवालमा सरकारले छिट्टै ठोस निर्णय लिने अपेक्षा गरेका छौं ।’
उनले आन्दोलनको स्वरुपबारे मिश्रित धारणा राखेका छन् ।

केही नियम सुधारका मागसहित आन्दोलन सुरु भए पनि पछि यसमा अन्य समूह घुसपैठ गरी लुटपाट र तोडफोड गरेको देखिएको बताए । ‘शान्तिपूर्ण सुधारका लागि आन्दोलन हुनु सकारात्मक हो, तर यति उग्ररुप लिने अवस्था जेनजीहरूले मात्र बनाउन सक्दैनन्, अरु समूह पनि संलग्न भएको देखिन्छ,’ उनले भने ।

कार्यालय बाहिर क्षतिग्रस्त दृश्य अझै उस्तै छन् तर भित्र भने सामान्य कामकाज सञ्चालन भइरहेका छन् । उद्योग विभागले हालका लागि प्राथमिकता सेवा सुचारु राख्ने, क्षति विवरण संकलन गर्ने र दीर्घकालीन रुपमा पुनर्निर्माणतर्फ सरकारले ध्यान दिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit