images images images
images images images
images
images
images

हिमालयन सेक्युरिटिजले शेयरधनीलाई ८ प्रतिशत लाभांश दिने

images

काठमाडौं । हिमालयन सेक्युरिटिजले शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको बिहीबार सम्पन्न पाँचौं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावबमोजिम चुक्ता पूँजीको ८ प्रतिशत करसहित नगद लाभांश सेयरधनीलाई वितरण गर्ने निर्णय गरेको हो ।

यस्तै, सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण –वासलात, नाफारनोक्सान, नगद प्रवाह विवरण माथि गहन छलफल गरी पारित गरेको छ । सभाले आगामी आव २०८२/८३ का लागि कम्पनी ऐन, २०६३ को दफा ११ अनुसार एम.बी.श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

images
images

सञ्चालक समितिका अध्यक्ष सुशील जोशीले कम्पनीले छोटो अवधिमा हासिल गरेको उपलब्धी र सफलताबारे जानकारी दिएका थिए ।

 

images
images

प्रतिक्रिया दिनुहोस्