Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

माछापुच्छ्रे बैंकले दसैँ अगाडि नै शेयरधनीको खातामा ८ प्रतिशत लाभांश जम्मा गरिदिने

माछापुच्छ्रे बैंकले दसैँ अगाडि नै शेयरधनीको खातामा ८ प्रतिशत लाभांश जम्मा गरिदिने
विज्ञापन
Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकको शुक्रबार पोखरामा सम्पन्न २७औं वार्षिक साधारण सभाले लाभांश पारित गरेसँगै सेयरधनीहरुलाई दसैँ अगाडि नै प्रतिफल वितरण गर्न सफल भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

चालु आवमा माछापुच्छ्रे बैंक दसैँ अगाडि नै शेयरधनीहरूलाई लाभांश खुवाउन सबैभन्दा पहिले वार्षिक साधारण सभा आयोजना गर्ने बैंक समेत बनेको छ ।

२७औं सभाले आज गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस शेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो।

यस्तै, बैंकले नगद लाभांश दसैँ अगाडि नै सम्बन्धित सेयरधनीहरूको खातामा जम्मा गर्ने जनाएको छ। साथै बैंकको बोनस शेयर वितरण पश्चात् चुक्ता पुँजी १२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit