Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

किसान सहकारीका सदस्यहरुलाई निसर्ग हस्पिटलमा उपचार सेवामा २० प्रतिशत सम्म छुट हुने

किसान सहकारीका सदस्यहरुलाई निसर्ग हस्पिटलमा उपचार सेवामा २० प्रतिशत सम्म छुट हुने
विज्ञापन
Advertisement

धनगढी । किसान बहुउदेश्यीय सहकारी संस्थाका शेयर सदस्यहरुले धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार सेवामा छुट पाउने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सहकारीले आफ्ना शेयर सदस्यलाई उपचार सेवा २० प्रतिशतसम्म हुने गरि नसर्ग हस्पिटलसँग मंगलबार सम्झौता गरेको छ । सम्झौता पत्रमा निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तीर्थराज पन्त र किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका महाप्रबन्धक डम्बर बहादुर शाहले हस्ताक्षर गरे ।

सहकारीका विभागिय प्रमुख दिपक ढुङ्गानाका अनुसार शेयर सदस्यले जर्नल बेड हस्पिटल भर्नामा १५ प्रतिशत, क्याविन भर्नामा १० प्रतिशत, आईसियु वेडमा १२.५ प्रतिशत, एनआईसियु वेडमा १२.५ प्रतिशत छुट उपलब्ध हुने बताए । त्यस्तै, जनरल, सर्जरी, अर्थाेपेडिक, गाइनोलोजीमा १० प्रतिशत, ल्याप्रोसकोपी अप्रेशनमा १० प्रतिशत, पेथोलोजी सेवामा २० प्रतिशत, भिडियो एक्सरे, एक्सरे, ईसिजी ईसिएचओ, टिएमटी, ईन्डोस्कोपीमा १० र औषधि खरिदमा ५ प्रशिशत छुट पाउनेछन् ।

सहकारीले आफ्ना बिरामी शेयर सदस्यलाई उपचारको लागि पठाउने र यसरी उपचारका लागि आउने बिरामी संस्थाको शेयर सदस्य रहेको हुनुपर्ने सम्झौतामा उल्लेख छ । सो अवसरमा सहकारीका महाप्रबन्धक शाहले सहकारीले शेयर सदस्यहरुलाई जन्मदेखि मृत्युसम्मका सेवा दिइरहेको बताउँदै उपचारमा पनि सहजता ल्याउन निसर्गसँग सम्झौता गरिएको प्रस्ट पारे ।

हाल संस्थाले किसान–कोप वित्तिय सेवा, किसान–कोप एग्रो सेवा र किसान–कोप मार्ट गरी ३ वटा व्यवसायीक सेवाहरु उपलब्ध गराउँदै आएको छ । संस्थाको कूल कारोबार ७ अर्ब २० करोडको पुगेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit