Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

सुनको मूल्यमा आज ४२ सय रुपैयाँको गिरावट, चाँदी हालसम्मकै महंगो

सुनको मूल्यमा आज ४२ सय रुपैयाँको गिरावट, चाँदी हालसम्मकै महंगो
विज्ञापन
Advertisement

काठमाडौं । दसैँपछि निरन्तर उकालो लागेको सुनको मूल्यमा शुक्रबार ४ हजार २०० रुपैयाँको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि अघिल्लो कारोबार दिन बिहीबार सोही परिमाणको सुन २ लाख ३९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला ६० रुपैयाँले बढेर ३ हजार ८५ रुपैयाँ पुगेको छ । बिहीबार चाँदी तोलामा ३ हजार २५ रुपैयाँमा कारोबार भएको थियो । आज कायम भएको चाँदीको मूल्य हालसम्मकै महंगो हो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit