रौतहट । रौतहटमा भारी वर्षा र हावाहुरीका कारण धानबालीमा करिब १५ प्रतिशत क्षति भएको छ । यस वर्ष कूल ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली मध्ये वर्षाका कारण करिब १५ प्रतिशत अर्थात १६ हजार हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको भएको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ ।
केन्द्रका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीका अनुसार गत असोज १७ र १८ गतेको भारी वर्षा र हावाहुरीका कारण धान गँगै तरकारी, केरा, उखु र फलफूलमा समेत क्षति पु¥याएको छ।

वर्षाबाट १.३१ प्रतिशत हेक्टर क्षेत्रफल उखु, ४ सय हेक्टर क्षेत्रफलको तरकारी, २ सय हेक्टर क्षेत्रफलमा लगाइएको केरा र २.३२ प्रतिशत हेक्टरको फलफूलमा क्षति भएको उनले जानकारी दिए। बागमती, लालबकैया,चादी , झाझ र लमाहा नदिले धानबालीमा ठूलो क्षति पु¥याएको हो ।

यस वर्ष समयमा वर्षा नहुँदा ढिलो गरी रोपाइँ गरेका तराईका किसानलाई भारी वर्षा र हावाहुरीले झन् पीडा दिएको छ । धानमा बाला लाग्ने समयमा भएको वर्षाका कारण धान लडेपछि आफू चिन्तामा रहेको कृषक रामनाथ पटेलले बताए । ‘यति बेला धान बाली परिपक्व हुन्छ’, उनले भने, ‘केहि दिन अघिको भीषण वर्षाले क्षति ग¥यो ।’

अत्यधिक वर्षाले यहाँका अधिकांश कृषकको धानबाली, तरकारी, उखु, केरा, फलफूलमा क्षति पुर्याएकाले तीनै तहको सरकारले यसतर्फ ध्यान दिनुपर्ने उनीहरुको माग छ ।

















प्रतिक्रिया दिनुहोस्