Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

क्यासिनोले अब विदेशी मुद्रा कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र लिनुपर्ने

क्यासिनोले अब विदेशी मुद्रा कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र लिनुपर्ने
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपालमा सञ्चालनमा रहेका क्यासिनोले अब विदेशी मुद्रा कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र लिनुपर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले यस्तो बताएको हो ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को परिच्छेद ४ मा गरेको व्यवस्था अनुसार इजाजतपत्र लिनुपर्ने जनाएको हो ।

राष्ट्र बैंक सञ्चालक समितिको २०८० मंसिर १२ को बैठकले गरेको व्यवस्था अनुसार उक्त विनियिमावली अनुसार क्यासिनोलाई विदेशी मुद्राको कारोबारमा इजाजत लिनुपर्ने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम यस बैंकबाट इजाजतपत्र लिएर विदेशी विनिमयको कारोबार गर्नुपर्ने व्यवस्था विद्यमान रहेको छ । सोही व्यवस्था बमोजिम विदेशी विनिमयको इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा संस्थाहरूको प्रकृति अनुसार यस बैंकले विभिन्न विनियमावलीहरू समेत जारी गरेको छ ।

ऐनको उल्लिखित व्यवस्था बमोजिम क्यासिनो लगायतका संस्थाहरूले यस बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रा समेत) को कारोबार गर्न र गराउन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ अनुसार क्यासिनोको लागि राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit