images images images
images images images
images
images
images

सरकार चुनावी वातावरण बनाउन गम्भीर देखिएन् : कांग्रेस

images

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले सरकार चुनावी वातावरण बनाउन गम्भीर नदेखिएकाले निर्वाचन हुने नहुने अन्योल रहेको बताएका छन् ।

आज (शुक्रबार) बसेको पदाधिकारी बैठकपछि प्रवक्ता महतले निर्वाचन गर्ने मिति तोकिए पनि चुनावलाई सहज, निष्पक्ष, धाँधलीरहित र शान्ति सुरक्षाको प्रत्याभूतिसहित वातावरण बनाउन सरकार गम्भीर नदेखिएको बताएका हुन् । उनले कांग्रेस चुनावमा जाने उल्लेख गर्दै अन्तरिम सरकारले चुनाव गराउँछ वा गराउँदैन भन्ने अन्यौंलता चिर्नुपर्नेमा जोड दिए ।

images
images

कांग्रेस प्रवक्ता महतले भने, ‘निर्वाचन गर्ने मिति तोकिएको छ । राजनीतिक रुपमा जनताप्रति विश्वास गर्ने पार्टी भएकाले कांग्रेस जनतामा जाने कुरालाई नकार्न सक्दैन । तर सरकार चुनावलाई सहज, निष्पक्ष, धाँधलीरहित र शान्ति सुरक्षाको प्रत्याभूतिसहित वातावरण बनाउन सरकार गम्भीर देखिएको छैन । निर्वाचन हुन्छ, हुदैँन भन्ने कुरा पनि अन्योलमा परेको छ ।’

यस्तै कांग्रेसले संवैधानिक व्यवस्थामा हाल निर्माण भएको सरकार र संसद विघटन असंवैधानिक रहेको बताए । चुनावी वातावरण सिर्जना हुन नसक्दा संसद पुर्नस्थापनाको बाटो पनि खुल्ला राख्नुपर्ने कांग्रेसको भनाइ छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्