Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

जेन–जी आन्दोलनका सहिद परिवारलाई गोल्याण ग्रुपको सहयोग

जेन–जी आन्दोलनका सहिद परिवारलाई गोल्याण ग्रुपको सहयोग
विज्ञापन
Advertisement

काठमाडौं ।गोल्याण ग्रुपले भदौ २३ गतेको जेन–जी आन्दोलनमा ज्यान गुमाएका युवाहरूका परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले सहिद परिवारका सन्तान तथा दाजुभाइ–दिदीबहिनीका शिक्षादेखि अभिभावकका स्वास्थ्य सुरक्षासम्मका कार्यक्रम घोषणा गर्दै आफ्नो सहानुभूति र जिम्मेवारी व्यक्त गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

प्रेस विज्ञप्तिमार्फत गोल्याण ग्रुपले सहिद परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुई प्रमुख सहयोग कार्यक्रम सार्वजनिक गरेको छ।

पहिलो, सहिदका सन्तान र दाजुभाइ–दिदीबहिनीका लागि १२ कक्षासम्म निःशुल्क शिक्षा तथा आवश्यक परामर्श र अतिरिक्त क्रियाकलापमा सहयोग उपलब्ध गराइनेछ। दोस्रो, सहिदका आमाबुबाका दीर्घकालीन स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य बीमा सुविधाको व्यवस्था गरिनेछ।

‘हामीलाई थाहा छ, कुनै पनि सहयोगले सन्तान गुमाएको पीडा मेटाउन सक्दैन। तर, यस क्षणमा पीडित परिवारसँग हातेमालो गरेर दुःखमा साथ दिन चाहन्छौं,’विज्ञप्तिमा भनिएको छ।

गोल्याण ग्रुपले सहयोगका क्रममा सबै सहिद परिवारको गोपनीयता र मर्यादालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता पनि जनाएको छ। कम्पनीले कुनै पनि नाम वा तस्बिर सार्वजनिक नगरी, प्रत्यक्ष सम्पर्कमार्फत परिवारलाई सहयोग कार्यक्रममा जोड्ने जनाएको छ।

ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन प्रमुख ज्योति गैह्रेका अनुसार, यो पहल परोपकारभन्दा बढी साझा जिम्मेवारी र सहानुभूतिको अभिव्यक्ति हो। ‘परिवर्तनका लागि उभिएका ती युवाहरू एक्ला थिएनन्, उनका परिवार पनि अब एक्ला रहने छैनन् भन्ने सन्देश दिन चाहन्छौं,’ गैह्रले भनिन्।

गोल्याण ग्रुपका अनुसार, भदौ २३ को जेन–जी आन्दोलन नेपालको इतिहासमा सचेत युवापुस्ताको साहस र त्यागको प्रतीकको रूपमा रहिरहनेछ। कम्पनीले सहिदका सपनालाई कर्ममार्फत जीवित राख्ने प्रतिबद्धता व्यक्त गर्दै ‘स्मृतिमा, सम्मानमा, जिम्मेवारीमा भन्ने नारासहित सहयोग कार्यक्रम अघि बढाएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit