Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता

बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता
विज्ञापन
Advertisement

बाजुरा । बाजुराका स्थानीय तह भष्ट्राचारीको अखडा बन्दै गएको गुनासो आएको छ । यहाँका स्थानीय तहले एकै बर्षमा नियम विपरित १३ करोड बढि रकम अनियमितता गरेको पाइएपछि जनगुनासो बढेको हो ।

विज्ञापन
Advertisement
Advertisement

विभिन्न शीर्षकमा कागजात नपुर्याइ स्थानीय तहले रकम भुक्तानी गरेको पाइएको हो ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदन अनुसार विभिन्न शीर्षकमा बाजुराका स्थानीय तहहरुले नियम विपरीत रकम भुक्तानी गरेर अनियमितता गरेको जनाएको छ ।
आर्थिक बर्ष २०८०।०८१ मा यहाँका स्थानीय तहहरुले १३ करोड १ लाख ५२ हजार एक सय ७ रुपैयाँ अनियमित गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा उल्लेख भए अनुसार सबैभन्दा बढी बुढीगंगा नगरपालिकामा आर्थिक अनियमिता भएको पाईएको हो ।

नगरपालिकाले आर्थिक बर्ष २०८०।०८१ मा ३ करोड ३८ लाख ५७ हजार ७ सय ६४ रुपैयाँ अनियमित गरेको छ । नियम विपरीत करार कर्मचारी नियुक्त गरी तलव भत्ता भुक्तानी, लगायत विभिन्न शीर्षकमा नगरपालिकाले नियम विपरित अनियमितता गरेको पाइएको हो ।

त्यस्तै, बुढीनन्दा नगरपालिकामा १ करोड ८७ लाख २० हजार ३ सय ३६ रुपैयाँ अनियमित भएको छ । त्रिवेणी नगरपालिकामा १ करोड ८५ लाख ९५ हजार १ सय ३३ रुपैयाँ, बडीमालिका नगरपालिकामा १ करोड ८२ लाख ३६ हजार ६ सय ४ रुपैयाँ, जगन्नाथ गाउँपालिकामा १ करोड १७ लाख ७६ हजार ५ सय १०, स्वामीकार्तिक खापर गाउँपालिकामा १ करोड ८ लाख ३३ हजार २ सय ७, हिमाली गाउँपालिकामा ७४ लाख ५९ हजार ९ सय ५२ रुपैयाँ, खप्तड छेडेदह गाउँपालिकामा ७२ लाख ९५ हजार ७ सय ७ रुपैयाँ र गौमुल गाउँपालिकामा ३३ लाख ७६ हजार ८ सय ९३ रुपैयाँ अनियमित भएको तथ्यांकमा उल्लेख छ ।

बाजुराका ९ वटै स्थानीय तहले ठूलो रकम अनियमितता गरेको पाइदा यतिवेला सामाजिक सञ्जलमा सबै स्थानीयहरुको टिकाटिप्पणी भइरहेको छ ।नियम विपरीत दरबन्दी बाहेकका कर्मचारीहरु नियुक्त गरी ७ करोड २४ लाख ३९ हजार ३ सय ४३ रुपैयाँ तलव भत्तामै खर्च गरेको पाइएको हो । सबै स्थानीय तहहरुलाई यतिवेला भष्ट्रहरुको संज्ञा दिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit