Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तिहारका लागि सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री

तिहारका लागि सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री
विज्ञापन
Advertisement

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका-१ रामरेखाका राहुल बोहोरा एक दशकदेखि पुष्प व्यवसायमा लागिरहेका छन् । विगतमा तिहारलाई लक्षित गरी उहाँले सयपत्री फूल बिक्री गरेका थिए, यसपटक भने फूलका बिरुवा मात्रै बिक्री रहेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

बोहोराका अनुसार भदौ यता मात्रै सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री गरेका थिए । फुल्न थालेका बिरुवा लगेर गमलामा सजाउने र तिहारमा प्रयोग गर्ने ग्राहकलाई उनले बिरुवा बिक्री गरेको बताए ।

पछिल्लो समय तिहारमा सयपत्री फूल खरिद गर्नुभन्दा बिरुवा खरिद गरेर घरमा सजाउने र तिहारमा प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको बोहोराले बताए । उनले रु ४० मा माटोसहितको फूलको बिरुवा बिक्री गरेको उनले बताए ।

‘गत वर्षसम्म फूलको मात्र बढी कारोबार हुन्थ्यो, यसपटक फूलभन्दा बिरुवाको कारोबार बढी भयो । हालसम्म पाँच हजार बिरुवा बिक्री गरिसकेँ । हाल माग धान्न नसकेर अन्य ठाउँबाट ल्याएर फूलका बिरुवा बिक्री गरिरहेको छु,’ बोहोराले भने , ‘विभिन्न जातका फूल तथा फलफूलका बिरुवा नर्सरीमा उत्पादन गर्दै आएको छु । यसपटक बिरुवा बिक्रीबाट रु दुई लाख कारोबार गसिरसकेको छु ।’

भारतको नयाँ दिल्लीमा ‘बिएसी बोट्नी’ विषयमा अध्ययन गरेर जन्मथलो फर्केर पुष्प व्यवसाय गरिरहेका थिए । बोहोराले वर्षमा रु १५ लाखसम्म फूलको कारोबार गर्ने गरेको सुनाए । साबिकको धौलागिरि अञ्चलमा व्यावसायिक पुष्पखेतीको अभाव रहेको र बजार विस्तारको राम्रो सम्भावना देखेपछि आफ्नै घरबाट थालेको पुष्प व्यवसायलाई साढे चार रोपनी क्षेत्रफलमा विस्तार गरिसकेको उनले जानकारी दिए ।

बोहोराले मौसमी मात्रै नभएर बेमौसमी फूलको समेत कारोबार गर्दै आएका थिए । उनले फूल बिक्रीबाटै तिहारबाहेक मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानीसमेत गर्दै आएको सुनाएका थिए ।

‘तीन वर्ष काठमाडौँमा विज्ञान विषयको शिक्षक पनि भएँ । व्यवसायमा नामसँगै आम्दानीसमेत गर्न सकिन्छ भनेर गृह जिल्ला फर्केर पुष्प व्यवसायमा लागेको हुँ’, बोहोराले भने ,‘सोचेअनुसार नै भइरहेको छ । नर्सरीमा तीन जनालाई प्रत्यक्ष रोजगारी दिइएको छु । बाह्रै महिना फूलको कारोबार गरिरहेको छु ।’

उनले नर्सरीमा सयपत्री, मौसमी, बहुवर्षीय र टिस्यु कल्चर गरिएका सजावटका फूलहरू पनि छन् । यस्तै, मेवा, आँप, अम्बा, किबी, चेरी, एभोकाडो र आरुका उन्नत जातका बिरुवाहरूसमेत उत्पादन र बिक्री भइरहेका छन् ।

बोहोराले साढे तीन रोपनी आफ्नै जग्गा र वार्षिक रु ५० हजार भाडा तिर्नेगरी एक रोपनी जग्गा भाडामा लिएका थिए । उनलाई बुबा चतुरबहादुर बोहोराले साथ दिँदै आएका थिए । ‘आफूले अध्ययन गरेको विषयमा व्यवसाय गर्न पाउँदा निकै सन्तुष्ट छु । सैद्धान्तिक सीपलाई व्यवहारमा उतार्न सकिने गरी व्यवसाय गर्दा राम्रै हुँदो रहेछ’, बोहोरा भने , ‘यदि, अर्कै काम गरेको भए यस्तो सन्तुष्टि र सफलता नहुन पनि सक्थ्यो हाल बागलुङसहित म्याग्दी, पर्वत, मुस्ताङका सरकारी कार्यालय, होटल तथा रिसोर्टमा फूल सजावत र दुबो व्यवस्थापनको काम गरिरहेको छु । नामसँगै दाम पनि छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit