काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आजबाट काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामीर सेरेसका आधिकारिक सोरुमहरुमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभल सुरु गरेको छ ।
आगामी आइतबारसम्म चल्ने यो एक्सचेन्ज मेलाको पहिलो दिन ग्राहकहरुले उत्साहजनक सहभागिता जनाएका छन् । दिपल, अवतार, नामीर सेरेसका इभीहरुमा ग्राहक झुमिरहेका थिए । त्यसैगरी, रोबोटका क्रियाकलाप र रेसिंग सिमुलेटरहरुले पनि भीडलाई आकर्षित गरेको कम्पनीले जनाएको छ ।
एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना गाडीहरु साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड इभीमा अपग्रेड गर्न सक्नेछन् । यस्तै, दिपल, अवतार, नामीर सेरेस जस्ता नेपालका शीर्ष इभी ब्रान्डका चर्चित मोडलहरु एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् ।
ग्राहकहरुले एक्सचेन्ज मेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरुको सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् । यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनेछन् । निश्चित मोडेलहरुमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ ग्राहकले लिन पाउने कम्पनीले जनाएको छ । यो कार्यक्रममा बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनि अफर रहेको कम्पनीको भनाइ छ ।
कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयुभी अवतारलाई टेस्ट ड्राइभ गर्न सक्नेछ । काठमाडौं बाहेक नेपालभरका दिपल, नामीर सेरेसका सम्पूर्ण सोरुममा पनि एक्सचेन्ज कार्निभल आयोजना हुने कम्पनीले जानकारी दिएको छ ।

















प्रतिक्रिया दिनुहोस्