Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बालेन र सुधनविरुद्ध सर्लाहीमा पनि संयुक्त जाहेरी दर्ता

बालेन र सुधनविरुद्ध सर्लाहीमा पनि संयुक्त जाहेरी दर्ता
विज्ञापन
Advertisement

सर्लाही । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’का संस्थापक सुधन गुरुङविरुद्ध अनेरास्ववियु र युवा संघ सर्लाहीले संयुक्त रूपमा प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सर्लाहीका अध्यक्ष मोहित राज खडकाको नेतृत्वमा गएको टोलीले सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी बुझाएको हो । जाहेरी बुझाएपछि अध्यक्ष खडकाले भने, ‘हामीले औपचारिक रूपमा जाहेरी दर्ता गराएका छौं यदि कानूनी प्रक्रिया अघि बढेन भने न्यायिक मार्गबाट अगाडि बढ्नेछौं ।’

अनेरास्ववियुका केन्द्रीय सचिव समिम बाबु पठानले पछिल्ला घटनाहरूले संगठनको गम्भीर ध्यानाकर्षण गराएको बताए । उनले विधिको शासन सबैभन्दा माथि हुनुपर्नेमा जोड दिँदै भने, ‘विधिको शासन सबैभन्दा माथि हुनुपर्छ । सरकारी कार्यालयमा जबर्जस्ती प्रवेश गरी आदेश दिने प्रवृत्ति सह्य हुँदैन । दलीय राजनीति बाहिरको नाममा हुकुमी शासन चलाउनु स्वीकार्य होइन ।’

अनेरास्ववियु र युवा संघले दुवै नेताको पछिल्ला अभिव्यक्ति र क्रियाकलापले सरकारी संयन्त्रमाथि अवैधानिक हस्तक्षेप भएको आरोप लगाउँदै सोहीबारे कानुनी कारबाहीको माग गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit