काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुमाथि भदौ २४ गते ज्यानै लिने नियतले आक्रमण भएको टिप्पणी गरेका छन् ।
जेनजी आन्दोलनपछि पहिलो पटक केन्द्रीय समितिको बैठकमा लिखित सम्बोधन गरेका देउवाले उक्त दिन आफूहरुमाथि दुर्व्यवहार भएको बताए । उनले निकै लामो समयपछि सुरक्षाकर्मीले आफूहरुलाई उद्धार गरेको उल्लेख गर्दै त्यसपछि पनि प्रतीष्ठामा आँच पुर्याउन दुर्व्यवहार गरिएको उल्लेख गरे ।
देउवाले भने, ‘ गत भाद्र २४ गते सिंगो मुलूक जलेको बेला म र मेरा परिवार जनमा ज्यानै लिने मनसायले सांघातिक हमला गरियो,’ उनले अगाडी भने, ‘घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौको अथक प्रयासपछि हामीलाई उद्दार गरेर बचाए ।’
आफ्नो परिवारमाथि भौतिक आक्रमणपछि पनि नियोजित रुपमा प्रतिष्ठामा आँच पुर्याउने गरी दुष्प्रचार गरिएको भन्दै देउवाले बैठकमा गुनासो गरे । उनले भने, ‘त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छबि गिराउन सुनियोजित रूपमा झुटा प्रचार गरियो ।’
यस्तै उनले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी उप–सभापती समेत रहेका पूर्ण बहादुर खड्कालाई तोकेका छन् । देउवाले भने, ‘ मैले पाटीका उप–सभापती पूर्ण बहादुर खड्कालाई कायाबाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु ।उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विस्वास छ ।’















प्रतिक्रिया दिनुहोस्